नेपाली काँग्रेसका चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो ।काँग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आन्नदराज राउत र क्रियाशील सदस्य डा केशव पौडेललाई कारबाही स्वरुप निलम्बन गरिएको जानकार