काठमाडौं । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा १ सय २८ सांसदसहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको छ । यही बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनको पूर्वसन्ध्यामा संसदमा जाने व्यक्तिहरुको कोरोना संक्रमण परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।बुधबार र बिहिबार २ दिन स्वाव संकलन गर्ने कार्ययोजना अन्तर्गत आज पहिलो दिन १ सय २८ जना सांसद, कर्मचारी र पत्रकार गरेर ४ सय ८१ जना सहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।