वीरगञ्ज : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अनुशासनको कमी कांग्रेसको कमजोरी भएको उल्लेख गरेका छन्।वीरगञ्जमा कांग्रेसद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।”उनले सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो भन्दै उहाँले खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत नबढ्ने बताए।प्