काठमाण्डाै – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताउनुभएको छ । उपाध्यक्ष पौडेलले देशलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयाे । नेपाल उद्योग परिसङ्घले आज शुक्रवार काठमाण्डाैमा सार्वजनिक गरेको ‘इन्डस्ट्री स्टाटस रिर्पोट’ को सार्वजनिक गर्दै उहाँले केन्द्रीय तथ्याङ्क विभागलाई पनि यथार्थमा आधारित तथ्याङ्क सङ्कलनको काममा जोड दिन सचेत गराउनुभयो । उपाध्यक्ष पौडेल...