सुशासन भन्नाले प्रभावकारी, नियमनकारी, असल शासन विधिबाट सेवा प्रवाह गरी जनतालाई सरल, सुलभ र नियमित सेवा प्रदान गर्नु भन्ने सम्झनुपर्छ । सुशासनका मूलभूत आधार भनेको विधिको शासन, पारदर्शिता, उत्तरदायित्व वहन, जिम्मेवारी वहन, समावेशीकरण तथा काममा दक्षता र प्रभावकारिता हो । सुशासन मानवीय स्रोत, साधन र आर्थिक स्रोतहरूको परिचालन र उपयोग गर्ने एउटा प्रमुख विधि हो […]