हामीले सामाजिक सञ्जालको प्रयोग गर्न थालेको धेरै भएको छैन । झन्डै एक दशकमात्र हुँदैछ । हिजो–आज सामाजिक सञ्जालमा अधिकतम समय बस्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यही सामाजिक सञ्जालले मानसिक स्वास्थ्य समस्या पनि देखिन थालेको छ । हामीले विचार पुर्याएर यसको सही प्रयोग गर्याैँ भने यसको लतबाट सजिलै बच्न सकिन्छ ।
लतमा फसेको यसरी थाहा हुन्छ
हामीले चाहेको वा चाहिएको भन्दा बढी समय यसैमा बिताउन थाल्यौँ, दिनभरि सामाजिक सञ्जालको मात्र कुरा दिमागमा आइराख्यो, त्यसको मात्र प्रयोग गरौँ–गरौ...