यसरी छाड्न सकिन्छ चुरोटको लत

प्रायलाई थाहा छ, धुम्रपान स्वास्थ्यकालागि हानिकारक छ । तर हानिकारक रहेको थाहा हुँदाहुँदै पनि एक पटक धुम्रपानको लत लागेपछि यसलाई छुटाउन निकै ग्राहो पर्दछ । धुम्रपानले मुटुको रोग, मुखको क्यान्सर, फोक्सोको क्यान्सरजस्ता रोग लाग्छन् । त्यसैले यसको लत लागेकाहरुले जतिसक्दो चाडो यसलाई छुटाउनु पर्दछ । धुमपानबाट छुटकारा पाउन सबैभन्दा पहिले मानसिक रूपमा व्यक्ति स्वयम् तयार […]

सम्बन्धित सामग्री

चुरोट, खैनीको लत छुटाउन ‘निकोटेक्स’

सुर्तीजन्य पदार्थ छाड्न चाह्नेलाई सुरुमा परामर्श दिएर बढीमा ६ सातासम्म स्वास्थ्यकर्मीको निगरानीमा ‘निकोटेक्स’ सेवन गर्न दिइन्छ। चुइँगमजस्तै हुने निकोटेक्स मुखमा खैनीजस्तै च्याप्न सकिन्छ। यसको प्रयोगपछि खैनी, चुरोटलगायत सुर्तीजन्य पदार्थको लत छोड्न सकिन्छ। विश्व स्वास्थ्य संगठनको नमुना परियोजनाअन्तर्गत नेपालमा निकोटेक्स वितरण सुरु गरिएको हो।

‘इ-सिगरेटले धुम्रपानको लत छुटाउन सकिन्छ भन्नु भ्रम’

काठमाडौं । पछिल्लो समय युवाहरूमा इ-सिगरेट (विद्युतीय चुरोट)प्रति आकर्षण देखिन्छ । यसको प्रयोग गर्दा आफूलाई स्टाइलिस्ट देखिन्छ भन्ने सोच पनि धेरैको हुन्छ । कतिपयले यो चुरोटजति हानिकारक हुँदैन र धुम्रपानको लत छाड्न पनि सहयोग गर्छ भनेर प्रयोग गर्ने गरेको पाइन्छ । तर के इ-सिगरेट अन्य चुरोटभन्दा सुरक्षित हुन्छ त ? अन्य चुरोट र यसमा के […]

घरेलु विधिबाट गाँजा–भाङको नशा कसरी हटाउने ?

अत्यधिक गाँजा सेवनले मानसिक रूपमा असन्तुलन पैदा गर्छ । नियमित गाँजा प्रयोगले लत बस्छ र स्वास्थ्यलाई असर गर्छ । लत बसेपछि छाड्न निकै गाह्रो हुन्छ । यहाँ केही घरेलु उपायबारे चर्चा गरिएको छ, जसले गाँजाको असर कम गर्न सहयोग गर्न सक्छ । घरेलु उपचार १. कागती चुसिरहने या कागतीको पुरानो अचार खाई पानी पिउने...

धूम्रपानको लत छाड्न सक्नु भएन ? यो हो सजिलो उपाय

प्रायलाई थाहा छ, क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् । तर सकिरहेका हुँदैनन् । केही भोजनले भने चुरोटको तलतल लाग्न दिँदैन र बिस्तारै धूम्रपानको लत छुट्न सक्छ। यसकालागि तलका खानेकुरा खाँदा चुरोट छाड्न मद्दत हुनसक्छ । – तरकारीमा […]

चरोट छाड्न खोज्दै हुनुहुन्छ ? यसो गर्नुहोस्

हामी सबैलाई थाहा भएको कुरा हो चुरोट मानव स्वास्थ्यको लागि धेरै हानिकारक चिज हो । चुरोटले मानव स्वास्थ्यमा असर गर्छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि यसको सेवन गरेको पाइन्छ । यसको लत एकपटक लागेपछि चटक्कै छोड्न निकै गाह्रो हुने चिकित्सकहरु बताउँछन्।

धूम्रपानले स्वास्थ्य र अर्थतन्त्रमा पार्ने असर

स्वास्थ्य मानव जीवनको बहुमूल्य सम्पत्ति हो । असल स्वास्थ्यविना अन्य विकासको परिकल्पनाहरू सार्थक बन्न सक्दैन । स्वास्थ्यको विविध पक्ष हुन्छन् । प्रतिकारात्मक, प्रवद्र्धनात्माक वा उपचारात्मक सबै पक्षको महत्त्व असल स्वास्थ्य प्राप्तिको निम्ति उत्तिकै रहेको हुन्छ । पूर्ण स्वास्थ्यका लागि शारीरिक, मानसिक तथा सामाजिक तिनै पक्षलाई समेट्नुपर्छ । हाल आएर समाजमा सुर्तीजन्य पदार्थले समाजको हरेक पक्षहरूमा मन्द विषका रूपमा मानव सभ्यतालाई नै विकृति सँगसँगै अन्धकार वा विनाशतिर धकेलिरहेको छ । अमेरिकी महादेशमा सबैभन्दा पहिले धूम्रपान प्रचलित रहेको पाइन्छ । यूरोपेलीहरूले अमेरिका पत्ता लगाएपछि मात्र धूम्रपानको शुरुआत गरेका हुन् । अमेरिकी रेड इन्डियनहरूले धूम्रपान गर्ने नाली (पाइप)लाई टोबागो भन्छन्, जसमा उनीहरू सुर्तीको पात हालेर सेवन गर्दथे । सुर्तीको बिरूवा शुरूमा यूरोपमा औषधिका रूपमा भित्र्याइएको थियो । चुरोटको धूँवामा शरीरलाई असर गर्ने ४ हजार रासायनिक तत्त्व रहेका हुन्छन् । त्यसमध्ये मुख्य तत्त्व कार्बनमोनोअक्साइड, निकोटिन, टार आदि प्रमुख हुन् । विश्वमा धूम्रपान अम्मलीहरूको ठूलो भाग दक्षिण पूर्वी एशियामा अवस्थित छ । विशेषतः नेपाल, भारत, पाकिस्तानमा धूम्रपानका अम्मलीहरू अधिक मात्रामा रहेका छन् । नेपालको हिमाली तथा पहाडी भागमा चुरोट, बिँडी, तमाखु, गाँजा खानेहरूको संख्या बढीमात्रामा रहेको छ भने तराई भागमा सुर्ती सेवन गर्नेहरूको संख्या अधिक मात्रामा छ । सुर्तीजन्य पदार्थको कारणबाट लाग्ने रोगका रोगीहरूको संख्या नेपालमा अधिक मात्रामा रहेको छ । मानिसमा यसको आगोले सल्काएर धूँवा तान्ने लत बसिसकेपछि संसारमा अर्बौं मानिस धूँवाको दास बनेका छन् । आफ्नो जिन्दगी जलाउँदै छन्, शुद्ध श्वास फेर्ने फोक्सो । संसारमा हरेक मिनेट १ करोड चुरोट विक्री हुन्छ । हरेक ८ सेकेन्डमा एकजनाको सुर्ती सेवनका कारण मृत्यु हुने गर्छ भने हरेक १० जनामध्ये एक जना वयस्कको अकालमा मृत्यु चुरोट सेवनको कारणले हुन्छ । सामान्यतया धूम्रपानका अम्मलीहरू गरीबीहरूका कारण बढी भएको पाइन्छ भने धनी मानिसहरू पनि धूम्रपान शोखको रूपमा सेवन गर्छन् । मानिस गरीब भएपछि विविध पीर चिन्तामा डुब्ने गर्छ र पीरबाट मुक्ति पाउन सकिन्छ भन्ने भ्रममा परेर अधिक धूम्रपान गर्छन्, जसबाट स्वास्थ्यमा असर पर्न गई पुनः बिरामी पर्छ र पैसा खर्च गरेर उपचार गर्नुपर्छ । यसरी धूम्रपान र गरीबीबीच चक्र चलिरहन्छ । गरीबीको कारणबाट रहेको निरक्षरता पनि धूम्रपानको अम्मली बनाउने प्रमुख तत्त्व हो । उदाहरणका रूपमा एकजना व्यक्तिले १ दिनमा कम्तीमा २० ओटा सूर्य चुरोट सेवन गर्छ भने अब उसको धूम्रपान खर्च हेरौं । आजभोलि सूर्य चुरोटको मूल्य प्रतिगोटा रू. २० रहेको छ । १ दिनमा २०ह२०.४०० रुपैया, १ महीनामा (३०ह४००) . १२००० रुपैयाँ, १ वर्षमा (३६५ह४००) . १४६००० रुपैयाँ, अब यदि उसले १५ वर्षमा धूम्रपान शुरू गरेको भए, (६०–१५) वर्ष.४५ वर्षमा जम्मा खर्च (४५ह१४६०००) . ६५७०००० रुपैयाँ गर्छ । जुन रकमले उनले आरामसँग जिन्दगी बिताउन सक्छ । वृद्ध अवस्थामा दम, खोकीजस्ता रोगसँग जुध्नु पर्दैन । उक्त रकममा धूम्रपानबाट लाग्ने रोगमा खर्च हुने रकम समावेश गरिएको छैन । समुदायमा धूम्रपान गर्नेहरूमध्ये निरक्षरको संख्या अधिक रहेको छ । जबसम्म अन्धकाररूपी निरक्षरतालाई हटाउन सकिँदैन तबसम्म धूम्रपान मात्र नभई समाजको कुनै पनि कुलतलाई हटाउन असम्भव हुन्छ । राज्यले असल नागरिक निर्माण गर्ने भन्ने उद्देश्य बनाउनुभन्दा पहिले देशलाई स्वस्थ जनशक्तिको कति महत्त्व छ भनी बुझ्नु नितान्त जरुरी छ । शिक्षा एउटा समुदायको त्यो आवाज हो, जसले व्यक्तिको व्यक्तिगत आचरणदेखि समाज र राष्ट्रको भविष्य ठेक्का लिएको हुन्छ । त्यसैले शिक्षकले धूम्रपान विरोधी अभियानमा सशक्त भूमिका निर्वाह गर्न सक्छ । धूम्रपान शुरुआत गर्ने साथीभाइसँगको लहलहैको उमेर किशोर समूह हो, जुन अहिलेका बालबालिकाको विद्यालय, विश्वविद्यालयमा बितिरहेको हुन्छ । उक्त समयमा उचित निगरानी भएमा देशमा व्याप्त अम्मलीको संख्या पक्कै नियन्त्रण गर्न सकिन्छ । विभिन्न व्यक्ति समाजमा आप्mनै किसिमको स्वभाव लिएर जन्मेको हुन्छ । त्यसैले त भनिन्छ– कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि हुन्छ । त्यस्तै मानिसका शोखहरू पनि विविध प्रकारका हुन्छन् । एउटा व्यक्ति समाजमा शारीरिक, मानसिक तथा सामाजिक रूपले स्वस्थ भएर बाँच्नका लागि सामान्य स्वभाव हुनु आवश्यक हुन्छ । धूम्रपान गर्ने व्यक्तिहरू केही न केही रूपमा असामान्य स्वभाव भएका हुन्छन्, त्यसले समाजमा विभिन्न विकृतिहरू देखाइरहेको हुन्छ । धूम्रपानको असरलाई कम गर्न यसका विरुद्ध जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, खाना खाएपछि धूम्रपान गर्न लाग्ने तलतल मेट्न ल्वाङ, सुकुमेलजस्ता वस्तु सेवन गरेर यसको तलतलबाट बच्न सकिन्छ, किशोर वयको समयमा धूम्रपानको शुरुआत गर्ने भएकाले उक्त समयमा विद्यालय, शैक्षिक संस्था तथा अभिभावकले विशेष निगरानी राख्नुपर्छ । धूम्रपानको कुलतमा नफस्नका लागि धूम्रपान सेवन गर्ने साथीहरूसँग नहिँड्ने यदि कुनै साथी धूम्रपान गर्ने भएमा छाड्न लगाउनुपर्छ, विशेषतः आमाबाबु वा परिवारका ठूला व्यक्तिहरूको धूम्रपानबाट बालबालिकाले सिक्ने भएकाले घरपरिवारमा ठूलाबडाले धूम्रपान गर्नु हुँदैन । धूम्रपानबाट मुख गन्हाउने, टाउको दुख्ने, छातीको रोग, मुटुको रोग, दम, क्षयरोग, दाँत र गिजाको रोग, विभिन्न क्यान्सरजस्ता रोग लाग्ने भएकाले विभिन्न श्रव्यदृश्य तथा छापा माध्यमहरूबाट धूम्रपान विरोधी प्रचारप्रसार गर्नुपर्छ, । धूम्रपानबाट परिवार, समुदाय र राष्ट्रमा परेको आर्थिक, सामाजिक नकारात्मक असरबारे समयमै कार्यनीति बनाई स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले यो समस्या हल गर्न पहल गर्नु समयको माग हो । अधिकारी गुणस्तरीय जीवन विषयमा विद्यावारिधि हुन् ।

चुरोटको लत सजिलै छाड्न यो उपाय अपनाउनुस्

चुरोट पिउनु आफ्नै जिन्दगीसँग खेलवाड गर्नु जस्तै हो । चुरोटको लत छिटै लाग्छ तर छोड्न भने त्यति सजिलो छैन । शुरूमा आफ्नो साथीसँग बसेर एक दुई पटक चुरोट पिउने बानीले बिस्तारै चुरोटको अमली बनाउँछ । केही वर्षसम्म त चुरोटले शरीरमा खासै केही असर देखाउँदैन तर एक समय यस्तो आउँछ, चुरोटको खराब असर देखिन शुरू गर्छ । त्यसपछि अमल लागेको व्यक्तिले सयौंपटक चुरोट छोड्ने कसम खान्छ, सयौंपटक कोशिस गर्छ, केही पटक छोड्छ पनि । तर चुरोट छोड्नु जति गाह्रो उसलाई केही लाग्दैन । चुरोट पिउन छुटाउन धेरै संस्थाहरूले काम पनि गरिरहेका छन् तर छोड्ने...

कसरी छाड्ने धूमपान? धूमपान तथा सूर्ति सेवन छाड्ने दिनमा गर्नुपर्ने १० कुरा

धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि धरै मानिसले यसको लत छाड्न सक्दैनन्। धूमपान त्याग गरेमा हृदयाघात, रक्तनलीसम्बन्धी समस्या, क्यान्सर तथा मष्तिष्काघातबाट मृत्यु हुने जोखिम कम हुन्छ । धूमपान छाड्न चिकित्सकसँग कुरा गर्न सक्नुहुन्छ अथवा साथी तथा सहकर्मीबाट सहायता या प्रोत्साहन लिन सकिन्छ । धूमपान सेवन त्याग गरेपछि हु...