यसै वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप–२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन् । कुल ३२ राष्ट्रले सहभागिता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो लागेको छैन । यसपटकको विश्वकप २१ नोभेम्बरबाट सुरु भई १८ डिसेम्बरमा समाप्त हुनेछ । विश्वकपकै इतिहासमा पहिलो पटक खेलहरू विन्टरमा हुँदैछन् । विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३, अफ्रिकाबाट ५, एसिया र कन्मेवलबाट समान ४ (दुबैबाट एक प्लेअफ टिम) रहँदा कोन्काफ ३ (एक प्लेअफ) र ओसियानाबाट १ (प्लेअफ) देशले सहभ