४ साउन, काठमाडौं । देशका मुख्य राजमार्गमध्ये धादिङस्थित बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ ।
धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध छ ।
गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका थिए …
काठमाडौँ । फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप फुटबलमा लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जितेका छन्। विश्वकपको इतिहासमै उनी लगातार दुई पटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका हुन्। हालको विश्वकपमा उनले ८ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेस्सीलाई पछि पारेका हुन्। यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि ८ गोल गर्दै एम्बाप्पेले ‘गोल्डेन बुट’ […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । […]
गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत असारमा ४८ पुरुष र १८ महिला गरी ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो । पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना […]
४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण …