Durga Prasai has been arrested. According to a police source, a team from the Kathmandu District Police Range and the Kathmandu Valley Crime Investigation
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशका बैंक तथा वित्तीय संस्थामा रु ११ खर्बभन्दा बढी रकम थुप्रिएर बसेको बताउँदै तत्काल लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले चासो देखाउनुपर्ने बताएका छन्। राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले “बैंकमा पैसा छ, तर लगानीका परियोजना अघि बढ्न नसक्दा अर्थतन्त्र स्थिर हुन सकेको छैन” भन्दै ध्यानाकर्षण गराए। […]
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलसँगै त्रिवि क्रिकेट मैदान पहिलोपटक फ्लड लाइटमा झलमल्लिएको छ। कीर्तिपुरस्थित मैदानमा हजारौँ दर्शकको उपस्थितिले ऐतिहासिक क्षणलाई थप रोचक बनायो। सीमित सिटका कारण धेरै दर्शक मैदान बाहिरै उभिएर समर्थनमा जुटे। उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्यो। खेलपछि काठमाडौँका कप्तान करण केसीले फ्लड लाइटमा खेल्ने अनुभव ऐतिहासिक […]
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि बन्द रहेको मौलाकाली केबलकार दुई महिनापछि पुनःसञ्चालनका तयारीमा छ। आइतबार गरिएको प्राविधिक परीक्षण सफल भएपछि केबलकार केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ। मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार हाल आन्तरिक परीक्षण भइरहेको छ। “सबै प्रणालीले स्थिर रूपमा काम गरिरहेको पुष्टि भइसकेको छ,” उनले भने, […]
बागलुङको गलकोट नगरपालिका–८ मा अवस्थित दरमखोला हाइड्रोपावरले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। विसं २०७७ देखि निर्माण सुरु भएको उक्त परियोजनाले आइतबारदेखि नियमित रूपमा विद्युत् प्रवाह गर्न थालेको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिए। ९.६ मेगावाट क्षमता रहेको सो जलविद्युत् परियोजना चालु आर्थिक वर्षकै महत्वपूर्ण उपलब्धि मानिएको छ। हाइड्रोपावरको विद्युत्गृह मनेवापाटा क्षेत्रमा निर्माण गरिएको छ […]