सगरमाथा इन्स्योरेन्सले दिने भयो २० प्रतिशत बोनस शेयर

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको बुधबार काठमाडौंमा सम्पन्न २५ औं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत शेयर दिने प्रस्ताव पारित गरेको हो । कम्पनीका अध्यक्ष आर के मानन्धरले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिकूल अवस्थाका बावजुद कम्पनीले प्रगति जारी राखेको तथ्यांक […]

सम्बन्धित सामग्री

सगरमाथा इन्स्योरेन्ससहित तीन कम्पनीको करीब २८ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको करीब २८ लाख कित्ता बोनस शेयर मंगलवार सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको १ लाख ५९ हजार ९६५ कित्ता, सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९ दशमलव ९६ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । मंगलवार सूचीकृत भएको कुल २७ लाख ८१ हजार ३०९ कित्ता बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । नेपाल हाइड्रो डेभलोपरले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ४० प्रतिशत बोनस शेयर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ९९ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको साधारण सभा बिहीवार हुँदै

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा भोलि बिहीवार हुँदै छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले बिहीवार साधारण सभा आयोजना गरेका हुन् ।  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १८औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिङ कालिका स्थान डिल्ली बजार, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज गरेको थियो । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूहअन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पीएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमतिबमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयरमध्ये २० प्रतिशत शेयर समानुपातिक रूपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

ज्योति विकास बैंकसहित तीन कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले यी तीन कम्पनीको माघ २६ गतेसम्म कायम अन्तिम शेयरमूल्यको आधारमा प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले ज्योति विकास बैंकको माघ २६ गते कायम अन्तिम शेयरमूल्य रू. ३१६ को आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३०६ दशमलव ८० तोकेको हो ।  त्यस्तै सगरमाथा इन्स्योरेन्सको अन्तिम मूल्य रू. ७९९ दशमलव ८० को आधारमा १२ दशमलव ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७११ दशमलव ५७ तोकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको ६ दशमलव ९९ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ५३१ दशमलव ८३ तोकेको छ । नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्सको माघ २६ गते कायम अन्तिम शेयरमूल्य रू. ५६९ को आधारमा मूल्य समायोजन गरेको हो । यी कम्पनीहरूले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मितिसमेत तय गरिसकेका छन् । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले माघ २७ गते एक दिन र ज्योति लाइफ इन्स्योरेन्सले माघ २९ गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा नेप्सेले यी कम्पनीहरूको मूल्य समायोजन गरेको हो ।

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवार रहेको छ । यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गरेसँगै भोलि बिहीवार अर्थात माघ २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।   लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग क्याटरिङ्ग कालिका स्थान डिल्लीबजार काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी कम्पनीले दिएको हो । त्यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलई १२ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन ११ गते साधारण सभा बोलाएको छ ।सभा लैनचौर ब्याक्वेट लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।  साथै यी दुबै कम्पनीको साधारण सभाले लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने प्रस्तावलाई पनि पारित गर्नेछ ।

सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

वैशाख १४, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेकाले बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भागलिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा लैनचौर ब्याकेंट काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने जानकारी दिएको छ ।

सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत

वैशाख ६, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएसँगै अगामी साधारण सभाबाट लाभांश पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।   लाभांश पारित गर्नका लागि कम्पनीले वैशाख २८ गते २५ औं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सगरमाथा इन्स्योरेन्स र सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत

पुस १, काठमाडौं । बिहीवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस शेयर सूचीकृत भएको हो । सगरमाथा इन्स्योरेन्सको ११ लाख १ हजार ३४५ दशमलव २९ कित्ता बोनस शेयर र सिटीजन्स बैंकको १ करोड ६२ लाख ४० हजार ५०८ दशलमव ९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । सिटिजन्स बैंकले कात्तिक १६ गते सम्पन्न वाािर्षक साधारण सभाबाट पारित १२ दशमलव १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी सगरमाथा इन्स्योरेन्स कम्पनीले असार ३ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सगरमाथा इन्स्योरेन्सले ११.५८ % लाभांश बुधवार पारित गर्दै

असार २९, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३० गते बुधवार २४औं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीले प्रधान कार्यालय नक्साल काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०७६/ ७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । उक्त सभा प्रयोजनका लागि कम्पनीले असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १६ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७४/ ७५ को सञ्चित मुनाफाबाट भने ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । पछिल्लो पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अघिल्लो आर्थिक वर्षनै सर्वाधिक लाभांश कम्पनीले वितरण गरेको थियो । त्यसअघि आर्थिक वर्ष ०६८/ ६९ को सञ्चित मुनाफाबाट १०० प्रतिशत बोनस शेयर र २९ दशमलव ६२ प्रतिशत कर सहितको नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।  बीमा समितिको निर्देशन बमोजिम निर्जीवन कम्पनीहरुले कायम गर्नुपर्ने रू. १ अर्ब चुक्तापूँजीका लागि कम्पनीले गत वर्ष ८६ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।

सगरमाथा इन्स्योरेन्सको शेयरमुल्य समायोजन

काठमाडौं, १७ असार । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमुल्य समायोजन भएको छ । नेप्सेको अनुसार कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मुल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको बुधबार भएको अन्तिम कारोबार मुल्य १५ सय ५४ रुपैयाँको आधारमा नयाँ मुल्य १४ सय रुपैयाँ तोकेको हो । आजदेखि […]

सगरमाथा इन्स्योरेन्सको ११.५८% लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन

असार १५, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  प्रस्ताव गरेको कुल ११ दशमलव ५८ प्रतिशत लाभांश सुरक्षित गर्ने असार १६ गते (बुधवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले गत आर्थिकव वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले असार १६ गतेसम्म लाभांशका लागि शेयर कायम गर्नुपर्ने भएको हो । कोभिड-१९ को जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७४/७५ को सञ्चित मुनाफाबाट भने ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । पछिल्लो पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अघिल्लो आर्थिक वर्षनै सर्वाधिक लाभांश कम्पनीले वितरण गरेको थियो ।  त्यसअघि आर्थिक वर्ष ०६८/६९ को सञ्चित मुनाफाबाट १०० प्रतिशत बोनस शेयर र २९ दशमलव ६२ प्रतिशत कर सहितको नगद लाभांश कम्पनीले वितरण गरेको थियो । बीमा समितिको निर्देशन बमोजिम निर्जीवन कम्पनीहरुले कायम गर्नुपर्ने रू. १ अर्ब चुक्तापूँजीका लागि कम्पनीले गत वर्ष ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।