काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जात तथा एउटा व्यक्तिका लागि नभएर सबै नेपालीका लागि समृद्ध नेपाल र सुखी नेपाली भनिएको बताएका छन् । आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसका लागि आफुले लोकतन्त्र सुदृढीकरणका लागि काम गरेको बताएका छन् ।