विराटनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत विराटनगरको महानगर सभापतिमा ४ जनाले मनोनयन दर्ता गरेका छन्।कृष्णबहादुर कार्की, सन्तोष न्यौपाने, दीपक चापागाईं र अरुणकुमार न्यौपानेले सभापतिका लागि शुक्रबार (आज) मनोनयन दर्ता गरेका हुन्। सभापतिको दाबी गर्दै आएका प्रकाश दाहाल भने पछि हटेका छन् अर्थात उनले मनोनयन दर्ता गराएनन्।यसअघि कांग्रेस महानगर समितिमा नगर प्रमुख भीम पराजुली निर्वाचित भएका थिए। पराजुलीले प्रतिद्वन्द्वी मनोज बस्नेत र दीपक चापागाईलाई दोब्बर मतले हराएका थिए।कांग्रेसका