काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ ।
हिजोसम्म उहाँले रामचन्द्र पौडेल पक्षबाट सभापतिमा कुनै एकजनाको नाममा सहमति जुटेमा आफूले उम्मेदवारी नदिने बताउनुभएको थियो । पौडेल पक्षमा सहमति नजुटेपछि निधिले आज सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय सभागृह पुगेर उहाँले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँले आफ्नो प्यानल भने बनाउनुभएको छैन । यसअघि शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दर्...