उपभोक्ता ठगी गर्ने व्यवसायीलाई उन्मुक्ति दिँदैनौं

विश्वभर फैलिएको कोरोना भाइरसलाई कारण देखाएर व्यवसायीले बजारमा कृत्रिम अभाव गराउँदा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । बजार मूल्य अस्वाभाविक रूपमा बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, ठगी नियन्त्रण गर्नका लागि सरकारी तवरबाट प्रभावकारी ढंगले बजार अनुगमन नहुँदा बजार व्यवस्थित बन्न नसकेको उपभोक्ताको गुनासो छ । पछिल्लो […]

सम्बन्धित सामग्री

उपभोक्ता ठगी गर्ने कारबाहीमा

रुपन्देही, ३२ जेठ । अब बुटवलमा कुनै व्यवसाय गर्ने व्यवसायीले गुणस्तर कायम नगरे र उपभोक्ताको हितलाई ध्यान नदिए कारबाहीमा पर्ने भएका छन् । कालाबजारी, खाद्य पदार्थमा मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएकाले उपमहानगरले अनुमगन गरी त्यस्ता व्यवसायीलाई कारबाही थालेको छ । पहिलोचरणमा सचेत गराउँदा अटेर गरेका व्यवसायीलाई […]

उपभोक्ता ठगी गर्ने ९९६ व्यवसायीबाट सवा करोड जरिवाना

उपभोक्ता ठगी गर्ने ९ सय ९६ व्यवसायी फर्मलाई कारबाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरेर नौ महिनामा ती व्यवसायीलाई कारबाही गरिएको हो । सो अवधिमा मुलुकभर २ हजार १ सय २९ व्यवसायीफर्ममा अनुगमन भएको थियो । अनुगमनका क्रममा ठगी गर्ने ९ सय ९६ व्यवसायीफर्मलाई कारबाही गरेको विभागले जानकारी दिएको […]

अफर र चिठ्ठाको नाममा ठगी गर्नेलाई कारबाही

चाडपर्वको बेला बजारमा अफरका नाममा कमसल सामान बिक्री गर्ने र चिठ्ठामार्फत ठगी गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा अफर दिएर उपभोक्ता ठगी गर्ने गरेको फेला परे तत्काल कारबाही गर्ने बताएको छ ।चाडपर्वको बेला बजारमा किनमेल बढी हुँदा व्यवसायीले विभिन्न अफर ल्याएर कमसल सामान दिएर उपभोक्ता ठग्ने […]

१५ दिनको बजार अनुगमनमा झण्डै साढे सात लाख रुपैयाँ जरिवाना असुल

सरकाले १५ दिनको बजार अनुगमनको क्रममा  सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । गएको वैशाख १६ देखि ३१ गतेसम्म  काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गरेको अनुगमनमा कालोबजारी गर्ने र उपभोक्ता ठगी गर्ने  ३६  व्यवसायीलाई कारबाही गरी सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको वाणिज्य, आपूर्ति   तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी तथा प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञा सुरु भएदेखि नै  बजार अनुगमनलाई प्रभावकारी बनाएको दाबी गर्नुभएको छ । ...

उपभोक्ता ठगी गर्ने ६४ व्यावसायिक फर्म कारबाहीमा

एक महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ६४ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमनका क्रममा ठगी गरेको फेला पारेपछि उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हो । कमसल सामान बिक्री गरेको, म्याद नाघेको सामान बिक्री गरेको, बढी मूल्य लिएका लगायतका अन्य कैफियतमा विभागले ६४ व्यवसायीलाई कारबाही गरेको जनाएको छ । कारबाही पर्नेमा खाद्य तथा किराना पसल, पानी उद्योग, तरकारी, सुपरमार्केट, औषधी पसल, सर्जिकल पसल, फलफूल पसल, मास्क उत्पादन र गार्मेन्ट रहेका छन् ।

उपभोक्ता ठगी गर्नेलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय बजार अनुगमनको कामलाई तीव्रता दिएको छ । लकडाउनका कारण व्यवसायीले बढी मूल्य लिई उपभोक्ता ठगी गर्न सक्ने भन्दै विभागले बजार अनुगमनलाई सक्रिय बनाएको हो । अनुगमनसँगै उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरेको विभागले जनाएको छ ।

९ सय ३९ व्यावसायिक फर्ममा अनुगमन, तीन सय १० कारबाहीमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ सय ३९ व्यावसायिक फर्ममा अनुगमन गरेको छ । चालू आर्थिक वर्षको पुस महिनासम्म विभागले मुलुकभर ९ सय ३९ व्यावसायिक फर्ममा अनुगमन गरी तीन सय १० वटालाई कारवाही गरेको छ । उपभोक्ता संरक्षण ऐन विपरीत काम गर्ने व्यवसायीलाई विभागले कसुर अनुसार कारवाही गरेको हो । सो अवधिमा खाद्यान्न स्टोर, सपिङ्ग सेन्टर, प्रशोधित पानी उद्योगलगायतका अन्यलाई कारबाही गरेको विभागले जनाएको छ । विभागले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कसुर अनुसार पाँच हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरेको छ ।

वर्षभरीमा १६१ व्यवसायी कारबाहीमा

गत आर्थिक वर्षमा बजार अनुमगन तथा प्रचार–प्रसारमा ४७ लाख रुपैयाँ खर्च भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनमा छुट्याएको ६९ लाख रुपैयाँमध्ये ४७ लाख रुपैयाँ अनुगमनमै सकिएको होे । अनुगमनमा हिँड्ने कर्मचारीलाई भत्ता, गोष्ठी, उपभोक्ता जागरण र प्रचारप्रसार कार्यक्रमा४७ लाख रुपैयाँ खर्च भएको विभागले जानकारी दिएको छ । सो अवधिमा विभागले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरेर ४३ लाख रुपैयाँ जरिवाना संकलन गरेको जनाएको छ । एक वर्षको अवधिमा मुलुकभर एक हजार ६ सय ६१ व्यवसायिक फर्ममा अनुगमन गरेको छ ।

'ब्रान्डको नक्कली स्टिकर प्रयोग गरेर ठगी'

आपूर्तिमन्त्री शिवकुमार मण्डलले लत्ताकपडामा ब्रान्डका नक्कली स्टिकर राखेर उपभोक्ता ठगी भएको बताएका छन् । उनले दरबारमार्गका व्यवसायीलाई अंकित गर्दै नक्कली ट्याग झुन्डाएर ठगी गरेको बताए ।