गत आर्थिक वर्षमा बजार अनुमगन तथा प्रचार–प्रसारमा ४७ लाख रुपैयाँ खर्च भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनमा छुट्याएको ६९ लाख रुपैयाँमध्ये ४७ लाख रुपैयाँ अनुगमनमै सकिएको होे ।
अनुगमनमा हिँड्ने कर्मचारीलाई भत्ता, गोष्ठी, उपभोक्ता जागरण र प्रचारप्रसार कार्यक्रमा४७ लाख रुपैयाँ खर्च भएको विभागले जानकारी दिएको छ । सो अवधिमा विभागले उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कारबाही गरेर ४३ लाख रुपैयाँ जरिवाना संकलन गरेको जनाएको छ । एक वर्षको अवधिमा मुलुकभर एक हजार ६ सय ६१ व्यवसायिक फर्ममा अनुगमन गरेको छ ।