एक महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ६४ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमनका क्रममा ठगी गरेको फेला पारेपछि उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हो । कमसल सामान बिक्री गरेको, म्याद नाघेको सामान बिक्री गरेको, बढी मूल्य लिएका लगायतका अन्य कैफियतमा विभागले ६४ व्यवसायीलाई कारबाही गरेको जनाएको छ । कारबाही पर्नेमा खाद्य तथा किराना पसल, पानी उद्योग, तरकारी, सुपरमार्केट, औषधी पसल, सर्जिकल पसल, फलफूल पसल, मास्क उत्पादन र गार्मेन्ट रहेका छन् ।