१५ दिनको बजार अनुगमनमा झण्डै साढे सात लाख रुपैयाँ जरिवाना असुल

सरकाले १५ दिनको बजार अनुगमनको क्रममा  सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । गएको वैशाख १६ देखि ३१ गतेसम्म  काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गरेको अनुगमनमा कालोबजारी गर्ने र उपभोक्ता ठगी गर्ने  ३६  व्यवसायीलाई कारबाही गरी सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको वाणिज्य, आपूर्ति   तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी तथा प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञा सुरु भएदेखि नै  बजार अनुगमनलाई प्रभावकारी बनाएको दाबी गर्नुभएको छ । ...