मन्त्रालयको स्पिडमा काम गर्नुस् : मन्त्री अर्याल

काठमाडौं : मालपोत कार्यालय साँखुलाई आधुनिक तथा सुविधासम्पन्न कार्यालय घोषणा गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले सोमबार एक कार्यक्रमकाबीच साँखु मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरेकी हुन्। कार्यालयलाई नमुना तथा आधुनिक घोषणा गर्दै मन्त्री अर्यालले मन्त्री, सचिव र व...

सम्बन्धित सामग्री

बाध्यकारी श्रम अन्त्य गर्न पहल गर्नेछु : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी श्रम अन्त्य गर्न पहल गर्ने बताएका छन् । आइतवार मन्त्रालयमा बाध्यकारी श्रमसम्बन्धी प्रोटोकलको अनुमोदन र बाध्यकारी श्रम उन्मूलनका लागि एकीकृत कानूनको आवश्यकतासम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । बाध्यकारी श्रम निषेध र पुन:स्थापनाका लागि बनाउन लागिएको विधेयक परिपक्व र प्रभावकारी ढंगले अगाडि बढाउन सबै सरोकारवाला निकायलाई मन्त्री अर्यालले आग्रह गरे । ऐन कानून, लामो समयसम्म काम गर्नेगरी बनाउनुपर्ने उनले बताए । ‘एकपटक बनाएको नीतिनियम र ऐनले लामो समयसम्म काम गर्नुपर्दछ । ता कि मन्त्री र सरकारी कर्मचारी फेरिनेबित्तिकै त्यो पनि फेर्नुपर्ने नहोस्,’ उनले भने, ‘हामीले गर्ने काममा कमीकमजोरी नहोस्, परिपक्व होस् । त्यसका लागि पीडित पक्ष, सरोकारवाला निकायहरूसँग गहन छलफल गर्न तयार छु ।’ मन्त्री अर्यालले नेपालमा गरिने यस्ता छलफल र अन्तरक्रिया कार्यक्रम शहर केन्द्रित मात्र हुने र सम्बन्धित निकायसम्म नपुग्ने भन्दै आफूहरूले त्यसमा ध्यान दिने बताए । बाध्यकारी श्रम गरिरहेका पीडिले पनि अपनत्व महसूस हुनेगरी काम गर्न सरोकारवाला निकायलाई उनले अनुरोध गरे । कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले बाध्यकारी श्रम न्यूनीकरणका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताए । बाध्यकारी श्रमको अन्त्य नहुँदासम्म मुलुकमा आर्थिक, राजनीतिक तथा शैक्षिक रूपान्तरण हुन नसक्ने भएकाले त्यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उनले जोड दिए । बाध्यकारी श्रम (निषेध र पुन:स्थापना गर्ने) सम्बन्धी विधेयक २०७९ लाई पूर्णता दिन श्रम मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका सहसचिव डण्डुराज घिमिरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा मन्त्रालयका कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव निर्मला गुरुङले उक्त विधेयकको मस्यौदा प्रस्तुत गरेकी थिइन् । त्यस्तै श्रम आप्रवासन विज्ञ एवं अधिवक्ता सोम लुइँटेलले बाध्यकारी श्रमसम्बन्धी नेपालमा भएका प्रावधान र अन्तराष्ट्रिय प्रावधानका बारेमा जानकारी गराएका थिए । नेपाल श्रम सर्वेक्षणले २०१८ मा गरेको सर्वेक्षणका अनुसार नेपालमा ३१ हजार ३३८ जनाले बाध्यकारी श्रम गरिरहेका छन् । त्यस्तै नेपालमा मुक्त कमैया ४० हजार, हलिया १६ हजार ९५३ जना, हरुवाचरुवा ४५ हजार ६५ र इँटाभट्टामा ६ हजार २२९ जनाले काम गरिरहेको अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)को प्रतिवेदनमा उल्लेख छ । अहिलेको बाध्यकारी श्रम (निषेध र पुन:स्थापना गर्ने) सम्बन्धी विधेयक २०७९ मा पनि यीनै चार क्षेत्रका श्रमिकलाई समेटिएको छ । नेपालमा यति धेरै संख्याले बाध्यकारी काम गरिरहेको भए पनि उजुरी गर्ने निकाय र प्रक्रियाका बारेमा जानकारी नभएकाले एउटा पनि मुद्दा अदालतमा नपरेको अधिवक्ता लुइँटेलले बताएका छन् । उक्त विधेयकले पूर्णता पाएपछि पीडितलाई न्याय दिन सहज हुने आशा सरोकारवाला निकायले गरेका छन् ।

निषेधाज्ञामा किसानको समस्या सम्बोधन हुन्छ : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरणको काम भएको बताएकी छिन्। बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेको गतवर्षको अवस्थाबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको जनाइन्। मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, बीउबिजन लगायतको सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन्।

बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको छ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पदमाकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको बन्दाबन्दीमा किसानहरू प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन् । मंगलवार मन्त्रालयमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसारपसार, मासु, अण्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रूप...

कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता भएको बताएकी छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकीकरण : आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषिमा यान्त्रिकीकरण अहिलेको प्रमुख आवश्यकता भएको औंल्याएकी हुन् । कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको भन्दै मन्त्री अर्यालले कृषिप्रधान देशमा यो निकै कम रहेको बताइन् । यसलाई बढाउँदै लैजाने योजना मन्त्रालयको रहेको जानकारी उनले दिइन् । परम्परागत कृषिको व्यावसायिकीकरण र आधुनिकीकरण गर्न विशेष जोड दिनुपर्ने उनले बताइन् । कृषिको यान्त्रिकीकरणका लागि नीति बनिसकेकाले सोही नीति अनुसार काम अघि बढ्ने कृषि मन्त्रालयले बताएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाबाटै कृषिमा आत्मनिर्भर बनाउने योजना अनुरूप हाल ७१ ओटा जोन र सुपर जोन घोषणा भएका छन् । साथै कृषि उत्पादन बढाउन बल्क र पकेट क्षेत्र कार्यक्रम समेत विस्तार गर्ने मन्त्रालयको योजना छ । कृषि उत्पादनको बजारीकरणका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रममा स्थानीय हाटबजारको निर्माण, एक पालिका : एक कोल्ड स्टोर, एक पालिका : एक नर्सरी निर्माण लगायत योजना अगाडि सारेको छ । साथै मन्त्रालयले इजरायलबाट नेपालमा उच्चस्तरका कृषि प्रविधि भिœयाउन दुई देशबीच समन्वय गर्दै अघि बढ्ने योजना समेत आगामी वर्षका लागि तयार गरेको छ । कार्यक्रममा नार्कका वैज्ञानिक श्रीमत श्रेष्ठले सबै किसानले यन्त्र÷उपकरण किन्न नसक्ने भएकाले त्यसका लागि सरकारले भाडामा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

किसानलाई मलको अभाव हुन दिइन्न्ः मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताएकी छिन् । शुक्रबार कृषिसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरू छट्पटाउनु नपर्ने बताएकी हुन् । मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरह...

मल नपाएर किसान छटपटाउनु पर्दैन : मन्त्री अर्याल

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताउनुभएको छ । शुक्रवार कृषिसम्बन्धी समाचार सङ्कलन गर्ने पत्रकारहरूसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरू छटपटाउनु नपर्ने बताउनुभएको हो । मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।  मन्त्री अर्यालले भारतको खुला सिमानाबाट अवैध रूपमा मल भित्रिने कुरालाई बन्द गर्न नसकिने भन्दै त्यसलाई पनि प्रणालीमा ल्याउनका लागि प्रयत्न गर्ने बताउनुभयो...

स्वार्थ नबोकी काम गर्छु-मन्त्री अर्याल

१४ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा रहुन्जेल स्वार्थ नबोकी काम गर्ने बताएकी छिन् । शुक्रबार कृषि पत्रकारहरुसँग संक्षिप्त अन्तरक्रिया गर्दै मन्त्री अर्यालले बदलिँदो राजनीतिक परिस्थितिमा मन्त्रालय बसाई जति दिनको भएपनि …

किसानलाई परिचयपत्र वितरण गर्छौंः मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको बताइन् । “किसानको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौं, वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ”, मन्त्री अर्यालले भनिन् , “आगामी फागुनदेखि

सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भैसक्याे : मन्त्री अर्याल

काठमाण्डाै - भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभएको छ । शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई न...

काम नगर्ने ठेकेदारलाई कारवाही : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने बताएकी छिन् । उनले काम नगर्ने ठेकेदारका दिन समाप्त भएकोसमेत बताइन् । ‘सम्झौता गरेर काम नगर्ने, होल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन्’ उनले भनिन्, ‘सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ ।’