मल नपाएर किसान छटपटाउनु पर्दैन : मन्त्री अर्याल

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई मलको अभाव हुन नदिने बताउनुभएको छ । शुक्रवार कृषिसम्बन्धी समाचार सङ्कलन गर्ने पत्रकारहरूसँग कृषि मन्त्रालयमा छलफल गर्दै मन्त्री अर्यालले रासायनिक मलको अभावमा किसानहरू छटपटाउनु नपर्ने बताउनुभएको हो । मलको आवश्यकतालाई पूर्ति गर्न मन्त्रालयले आफ्नो क्षमता बढाएर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।  मन्त्री अर्यालले भारतको खुला सिमानाबाट अवैध रूपमा मल भित्रिने कुरालाई बन्द गर्न नसकिने भन्दै त्यसलाई पनि प्रणालीमा ल्याउनका लागि प्रयत्न गर्ने बताउनुभयो...