बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको छ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पदमाकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको बन्दाबन्दीमा किसानहरू प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन् । मंगलवार मन्त्रालयमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसारपसार, मासु, अण्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रूप...

सम्बन्धित सामग्री

निषेधाज्ञामा किसानको समस्या सम्बोधन हुन्छ : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरणको काम भएको बताएकी छिन्। बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेको गतवर्षको अवस्थाबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको जनाइन्। मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, बीउबिजन लगायतको सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन्।