कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिमा यान्त्रिकीकरण आजको आवश्यकता भएको बताएकी छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकीकरण : आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषिमा यान्त्रिकीकरण अहिलेको प्रमुख आवश्यकता भएको औंल्याएकी हुन् । कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको भन्दै मन्त्री अर्यालले कृषिप्रधान देशमा यो निकै कम रहेको बताइन् । यसलाई बढाउँदै लैजाने योजना मन्त्रालयको रहेको जानकारी उनले दिइन् । परम्परागत कृषिको व्यावसायिकीकरण र आधुनिकीकरण गर्न विशेष जोड दिनुपर्ने उनले बताइन् । कृषिको यान्त्रिकीकरणका लागि नीति बनिसकेकाले सोही नीति अनुसार काम अघि बढ्ने कृषि मन्त्रालयले बताएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाबाटै कृषिमा आत्मनिर्भर बनाउने योजना अनुरूप हाल ७१ ओटा जोन र सुपर जोन घोषणा भएका छन् । साथै कृषि उत्पादन बढाउन बल्क र पकेट क्षेत्र कार्यक्रम समेत विस्तार गर्ने मन्त्रालयको योजना छ । कृषि उत्पादनको बजारीकरणका लागि मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रममा स्थानीय हाटबजारको निर्माण, एक पालिका : एक कोल्ड स्टोर, एक पालिका : एक नर्सरी निर्माण लगायत योजना अगाडि सारेको छ । साथै मन्त्रालयले इजरायलबाट नेपालमा उच्चस्तरका कृषि प्रविधि भिœयाउन दुई देशबीच समन्वय गर्दै अघि बढ्ने योजना समेत आगामी वर्षका लागि तयार गरेको छ । कार्यक्रममा नार्कका वैज्ञानिक श्रीमत श्रेष्ठले सबै किसानले यन्त्र÷उपकरण किन्न नसक्ने भएकाले त्यसका लागि सरकारले भाडामा दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

सम्बन्धित सामग्री

अहिलेको लडाइँ जनादेश र परामादेशबीचकोः पूर्व मन्त्री अर्याल

नेकपा (एमाले) केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले अहिले देशभर जनादेश र परमादेशको बीचमा लडाइँ भइरहेको बताएकी छन् । ओली सरकारको कामको मूल्याङ्कन जनताले गरेको उल्लेख गर्दै अर्यालले अगाडि भनिन्, “अहिलेको सरकारको कामले गर्दा जनताले एमालेको सरकारको आवश्यकता झनै प्रष्ट रूपमा बुझ्ने मौका पाएका छन् ।”  राष्ट्रिय जनसाँस्कृतिक महासंघ, गण्डकी प्रदेशको प्रथम अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै अर्यालले परमादेशी गठबन्धन कलाकारहरूको सृजनाबाट तर्सिएको प्रमाण प्रकाश सपुतको गीतप्रति

कृषिमा यान्त्रिकीकरण हुनु आवश्यक छ : मन्त्री अर्याल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रूपमा राख्नुपर्ने बताइन् । कृषि प्रसारणमा २० प्रतिशत र […]

मलको मौज्दात पर्याप्त छः मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छिन् ।मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिका लागि मन्त्रालयले सोच बनाएको बताइन् ।उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन […]

पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताएकी छिन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘अब सबै मान्छे श्रममा नजोडिइकन पूँजीको विकास गर्न सकिदैन । पूँजीको विकास गर्दै समाजवादमा जोडिने हो । पूँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ ।’श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उनले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्म