काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन्।
डा. गोविन्द केसीको माग र प्राडा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसार उक्त विधेयक संशोधन गरेर पारित गर्ने यसअघि नै सहमति भएक...