काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे ।