नेपाल सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा दुई खर्ब ५९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ स्रोत प्रतिवद्धता जनाएका नौ प्रमुख विकास साझेदारले ६ महिनाभित्र औषतमा १२.४१ प्रतिशत रकम उपलब्ध गराएका छन् । एसियाली विकास बैंक (एडीबी) ले सबैभन्दा धेरै सहायता प्रतिवद्धता जनाएको छ ।८८ अर्ब ८१ करोड आठ लाख रुपैयाँ स्रोत उपलब्ध गराउन प्रतिवद्धता जनाएको एडीबीले अहिलेसम्म पाँच अर्ब सात लाख अर्थात प्रतिवद्धताको ५.९७ प्रतिशत रकम उपलब्ध गराएको हो । एडीबीले ‘पोलिसी बेस्ड लेन्डिङ’ (पीबीएल) अन्तर्ग