खुम्चँदै वैदेशिक सहायता भुक्तानी, बढ्दो अफबजेट खर्च, दाताको प्राथमिकतामा स्वास्थ्य क्षेत्र

काठमाडौं । वैदेशिक सहायता परिचालन गर्ने नेपाल सरकारको क्षमतामा आएको ह्राससँगै दाताहरूबाट हुने वैदेशिक सहायता भुक्तानी पछिल्ला वर्षहरूमा घटेको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विकास सहायता प्रतिवेदन (डेभलपमेन्ट कोअपरेशन रिपोर्ट) अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा नेपाल सरकारले वैदेशिक सहायताबापत दाताहरूबाट १ अर्ब ४० करोड अमेरीकी डलर भुक्तानी पाएको छ । यो अघिल्लो आवको तुलनामा १७ दशमलव ६४ प्रतिशत कम हो । आव २०७७/७८ मा पनि दाताबाट हुने यस्तो भुक्तानीमा १५ दशमलव ८८ प्रतिशतले कमी आएको थियो । त्यस वर्ष सरकारले दाताबाट १ अर्ब ७० करोड अमेरिकी डलर भुक्तानी पाएको थियो । आव २०७६/७७ मा भने दाताहरूबाट हुने यस्तो भुक्तानी हालसम्मकै उच्च– २ अर्ब अमेरिकी डलर पुगेको देखिन्छ । आव २०७८/७९ मा नेपालले प्राप्त गरेको वैदेशिक सहयोग आव २०७४/७५ यताकै न्यून रहेको अर्थ मन्त्रालयको पछिल्लो प्रतिवेदनले देखाउँछ । अधिकारीहरूका अनुसार वैदेशिक सहायता प्राप्तिमा आएको कमीको मुख्य कारण सरकारको कमजोर खर्च र दाताहरूबाट रिइम्बर्समेन्ट (शोधभर्ना) मा हुने ढिलाइ हो ।  वैदेशिक सहायता कम उपयोग हुनुमा लक्ष्य निर्धारण वस्तुनिष्ठ हुनु नसक्नु, अधिकांश खर्च तेस्रो चौमासिकमा हुनु र यस्तो खर्चको शोधभर्ना सोही आवमा हुन नसक्नु, शोधभर्ना प्रणालीमा हुने ढिलासुस्ती एवं अन्तरनिकाय समन्वय कमजोर हुनु, आयोजनाको पर्याप्त तयारी नहुँदै कार्यान्वयनमा जानुजस्ता पक्षहरू जिम्मेवार देखिएका छन् । पूँजीगत खर्च कमजोर हुँदा वैदेशिक ऋणको सदुपयोग न्यून हुने र त्यसले समग्र वैदेशिक सहायता प्राप्तिलाई असर गर्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । उनीहरूका अनुसार प्राय: सबै विदेशी ऋण या त पूँजीगत खर्च, त्यो नभए सार्वजनिक संस्थानका निश्चित परियोजनामा लगानी गर्न प्रयोग हुने गरेको छ । तर, यी खर्च लामो समयदेखि सुस्त रहेका छन् । पूर्वसचिव गोपीकृष्ण मैनालीका अनुसार वैदेशिक सहयोग भुक्तानी कम हुनुमा परियोजना तयार नहुँदै वैदेशिक सहायता स्वीकारिने प्रवृत्ति एउटा कारण हो भने अर्को सहायता शर्तहरू पूरा गरेर शोधभर्ना उठाउन नसक्नु हो । शोधभर्ना प्राप्तिका लागि विभिन्न शर्त पूरा गर्नुपर्ने हुन्छ । त्यो पूरा गर्न नसक्दा पनि दाताबाट हुने भुक्तानी कम हुने गरेको छ । नेपालको विकास बजेटका लागि वैदेशिक सहायता मुख्य स्रोत रहँदै आएको छ । तर, त्यस्तो सहायता प्राप्तिमा कमी आउँदा आव २०७८/७९ मा नेपालको बजेटमा आधिकारिक विकास सहायताको अंश २२ दशमलव ६ प्रतिशतमा खुम्चन पुगेको छ । यो अघिल्लो आव २०७७/७८ मा २४ दशमलव ४ प्रतिशत थियो । अर्थ मन्त्रालयको प्रतिवेदनअनुसार हालको प्रवृत्ति हेर्दा आगामी ३ आवसम्म नेपालमा प्राप्त हुने वैदेशिक सहायतामा कमी आउने सम्भावना छ । बदलिँदो भूराजनीतिक प्राथमिकता तथा विकास साझेदारहरूकै घरेलु वित्तीय समस्याका कारण यस्तो अवस्था आउनसक्ने प्रतिवेदनले औंल्याएको छ ।  सबैभन्दा धेरै प्राप्ति विश्व बैंकबाट विकास साझेदारमध्ये आव २०७८/७९ मा नेपालले सबैभन्दा धेरै भुक्तानी विश्व बैंकबाट पाएको थियो । विश्व बैंकमार्फत भएको कुल ४८ दशमलव ४९ करोड अमेरिकी डलर भुक्तानीमध्ये ४७ दशमलव ४४ करोड डलर ऋण थियो । एशियाली विकास बैंकले गरेको कुल भुक्तानी २९ करोड अमेरीकी डलरमा २६ दशमलव ५ करोड डलर ऋण थियो । अन्तरराष्ट्रिय मुद्राकोषले ११ करोड अमेरिकी डलर बराबर ऋण भुक्तानी बजेटरी सहयोगका लागि उपलब्ध गराएको थियो । अमेरीकी सहयोग संस्था यूएसएआईडीले आव २०७८/७९ मा सबैभन्दा बढी ६५ दशमलव ९ करोड अमेरिकी डलर बराबरको सहयोग सम्झौता गरे पनि वास्तविक भुक्तानी १० दशमलव १३ करोड अमेरीकी डलर मात्रै गरेको थियो । यूएसएआईडीको यस्तो भुक्तानीको ठूलो अंश ८ दशमलव ८४ करोड प्राविधिक सहायताका रूपमा भएको थियो ।  आव २०७८/७९ मा नेपाललाई भुक्तानी भएको कुल ऋणमध्ये ९९ दशमलव ५ प्रतिशत मूलत: ५ विकास साझेदारहरू – विश्व बैंक, एशियाली विकास बैंक, अन्तरराष्ट्रिय मुद्राकोष, भारत र जापानबाट भएको थियो । त्यस्तै, कुल अनुदानको ५७ दशमलव ५ प्रतिशत भुक्तानी संयुक्त राष्ट्रसंघ, बेलायत, नर्वे, यूरोपेली संघ तथा ग्लोबल अलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेशन (गाभी) बाट भएको थियो । बढ्दो अफबजेट खर्च दाताले दिएको रकम खर्च गर्ने क्षमता सरकारको कम हुँदै जाँदा वैदेशिक सहयोग सरकारी प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने प्रवृत्ति अर्थात् ‘अफ बजेट’ खर्च भने बढ्दै गएको देखिएको छ । आव २०७८/७९ मा नेपालले प्राप्त कुल वैदेशिक सहायताको २० दशमलव ८ प्रतिशत रकम राष्ट्रिय बजेट प्रणाली बाहिरबाट खर्च भएको थियो । नेपाललाई प्राप्त कुल सहयोगको ७९ दशमलव २ प्रतिशत राष्ट्रिय बजेट प्रणाली अर्थात् रातो किताबमा समावेश भई खर्च भएको थियो । आव २०७७/७८ मा वैदेशिक सहयोगको १५ दशमलव ७१ प्रतिशत मात्रै बजेट प्रणालीबाहिरै खर्च भएको थियो भने ८४ दशमलव २९ प्रतिशत बजेट प्रणालीअन्तर्गत नै खर्च भएको थियो । पछिल्ला वर्षहरूमा समग्र सहायता परिचालनमा बजेट बाहिरबाट हुने खर्चको अंश भने घट्दै आएको थियो । आव २०७२/७३ मा बजेटबाहिरबाट हुने खर्चको अंश ३७ प्रतिशत थियो । वैदेशिक सहायताको ठूलो अंश राष्ट्रिय बजेट प्रणालीमार्फत आउँदा सरकारलाई आफ्नो प्राथमिकताअनुसार खर्च गर्ने सुविधा हुन्छ । नेपाल सरकारको अन्तरराष्ट्रिय विकास सहायता परिचालन नीति २०७६ ले सबै प्रकारका विकास सहायता राष्ट्रिय बजेट प्रणालीमा समावेश हुने गरी स्वीकार गरिने तथा त्यस्ता सहायताको लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट हुने बताएको छ । तर, अझै वैदेशिक सहयोगको उल्लेख्य अंश बजेट प्रणालीबाहिरबाटै खर्च हुने क्रम रोकिएको छैन । आव २०७८/७९ मा १ दशमलव १ अर्ब अमेरीकी डलर सहयोग बजेट प्रणालीमार्फत तथा २९ दशमलव ५५ करोड अमेरीकी डलर सहयोग बजेट प्रणालीबाहिरबाट खर्च भएको थियो । विश्व बैंक, एशियाली विकास बैंकजस्ता बहुपक्षीय दाताहरू, भारत, चीन, कुवेत फन्ड, जाइकाजस्ता द्विपक्षीय दाताको सहयोगको शतप्रतिशत अंश बजेट प्रणालीमार्फत खर्च हुन्छ । तर, यूएसएआईडी, विश्व खाद्य कार्यक्रम, अन्तरराष्ट्रिय श्रम संगठनजस्ता बहुपक्षीय दातादेखि अस्ट्रेलिया, नेदरल्यान्ड्सजस्ता द्विपक्षीय दाताको सहयोगको अधिकांश अंश बजेटबाहिरबाट खर्च भएको छ । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारी दाताहरूले आफ्नो स्वार्थअनुसार खर्च गर्ने, छरिएका आयोजनामा खर्च गर्ने र मन्त्रालयपिच्छे वैदेशिक सहायता खर्च गर्दा बजेट बाहिरबाट धेरै खर्च भएको बताउँछन् ।  कोभिडका कारण दाताको प्राथमिकतामा स्वास्थ्य क्षेत्र आव २०७८/७९ मा दाताको रोजाइमा रहेका ५ प्रमुख सहायताका क्षेत्रहरू – स्वास्थ्य, शिक्षा, वित्तीय सेवा, पुनर्निर्माण तथा ऊर्जा थिए । कुल सहायता भुक्तानीको १७ प्रतिशत स्वास्थ्य क्षेत्रमा भएको थियो । आव २०७८/७९ मा विश्व बैंकको सहायता भुक्तानी ३९ प्रतिशतले घटेको थियो भने एशियाली विकास बैंकको १५ दशमलव ५ प्रतिशतले र संयुक्त राष्ट्रसंघको ३२ दशमलव ९ प्रतिशतले बढेको थियो । द्विपक्षीय दातामध्ये अमेरिका, चीन र बेलायतको भुक्तानीमा क्रमश: ४ दशमलव ३४, ५३ दशमलव १ र ३२ दशमलव ४ प्रतिशतले कमी आएको थियो । तर, अर्को विकास साझेदार जापानको भुक्तानी भने ६७ दशमलव ९ प्रतिशतले बढेको थियो ।  

सम्बन्धित सामग्री

नेपालमा वैदेशिक सहायता

व्यापक अर्थमा एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोगस्वरूप प्रदान गरिने कुनै पनि वस्तु वा सेवालाई वैदेशिक सहायता भनिन्छ । तर, आर्थिक परिभाषाअनुसार आर्थिक रूपले कम विकसित देशलाई आर्थिक तथा सामाजिक विकासका लागि सक्षम राष्ट्रहरूले दिइने आर्थिक तथा प्राविधिक सहयोग नै वैदेशिक सहायता हो । सहायता राष्ट्रभित्र एक देशबाट अर्को देशलाई दिइने व्यापारमा छुट सहुलियत ब्याजको ऋण […]

अर्थतन्त्र माथि जान वैदेशिक सहायता, ऋण र लगानी बढाउनुपर्छ : पूर्वअर्थमन्त्री पुन

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न वैदेशिक सहायता, वैदेशिक ऋण र वैदेशिक लगानी वृद्धि गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बिहीबार उनले वैदेशिक सहायता, ऋण र लगानी वृद्धि नगरेसम्म मुलुकले आर्थिक विकासमा फड्को मार्ने सम्भावना नरहेको बताए। ऋण सहायता […]

लक्ष्यको आधा मात्रै आयो वैदेशिक सहायता

सरकारले चालू आर्थिक वर्षको जेठसम्म एक खर्ब ७० अर्ब ५१ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । यो सरकारी लक्ष्यभन्दा एक खर्ब २७ अर्ब कम (५७ प्रतिशत) मात्रै हो ।...

लक्ष्यअनुसार वैदेशिक सहायता आएन : अर्थमन्त्री

काठमाडौं– चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता अपेक्षाकृत रुपमा प्राप्त नभएको बताएका छन्। आगामी आर्थिक वर्ष २०८०-८१ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको बताए। चालु आर्थिक वर्षमा सरकारले पाउने वैदेशिक सहायताको लक्ष्य संशोधन गरिएको उनले प्रस्ट पारे। ‘सरकारले आगामी आवका […]

वैदेशिक सहायता प्रतिबद्धता साढे १० प्रतिशतले बढ्यो

नेपालको वैदेशिक सहायता प्रतिबद्धता साढे १० प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको १० महिनामा विभिन्न विकास साझेदारहरूले नेपाललाई दुई खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ सहायता दिने प्रतिबद्धता गरेका छन् । यो...

वैदेशिक सहायता खर्च हुन नसक्नुका कारण

देशमा विद्यमान स्रोतसाधनहरूको सदुपयोगमार्फत रोजगारी सिर्जना गरी दीर्घकालीन आम्दानीको स्रोत निर्माण गर्न वैदेशिक सहायता अपरिहार्य नै छ । वैदेशिक सहायता नेपालको सन्दर्भमा एक महत्वपूर्ण आम्दानीको स्रोत हो । प्रायशः विकसित देशहरूले कम विकसित वा गरिब देशहरूलाई दिइने सहायताको प्रावधानअनुरूप गरिब देशहरूलाई प्राप्त हुन्छ । यसरी प्राप्त गरिने वैदेशिक सहायताका आधारमा गरिब देशहरूले बजेटको आकार निर्धारण […]

६४ अर्बको वैदेशिक सहायता प्रतिबद्धता

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिनामा झण्डै ६४ अर्ब बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको छ । अर्थ मन्त्रालयका अनुसार मंसिर महिनासम्ममा ६ अर्ब ८५ करोड रुपैयाँ अनुदान तथा ५७ अर्ब २६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण गरेर ६४ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको हो ।सहयोगमा सबैभन्दा धेरै एसियाली विकास […]

वैदेशिक सहायता नौ गुणा घट्यो

गत आर्थिक वर्ष २०७७-०७८ को पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक सहायता ९ गुणा कम प्राप्त भएको छ । अर्थ मन्त्रालयका अनुसार मंगलबारसम्ममा सरकारले ६९ मिलियन अमेरिकी डलर अर्थात् ८ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब बराबरको वैदेशिक सहायता प्राप्त भएको थियो ।चालु वर्षमा प्राप्त सहायतामा १० मिलियन अर्थात् १ अर्ब २३ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ भने झन्डै ५९ मिलियन डलर अर्थात् ७ अर्ब ९ करोड रुपैयाँ प्राविधिक सहयोग प्राप्त भएको छ । चालु वर्षमा हालसम्म कुनै पनि सहुलि...

वैदेशिक सहायता सरकारको सम्पत्ति : राज्यको नाममा दुरुपयोग

सरकारको आम्दानीका स्रोतहरूमा कर राजस्व, गैरकर राजस्व र वैदेशिक सहायता पर्छन् । यी स्रोतहरूलाई सरकारले वार्षिक बजेटरी प्रणालीमा प्रस्ट्याएको हुन्छ । वैदेशिक सहायता नेपालको सन्दर्भमा एक महत्वपूर्ण आम्दानीको स्रोत हो । प्रायशः विकसित देशहरूले कम विकसित वा गरिब देशहरूलाई दिइने सहायताको प्रावधानअनुरूप गरिब देशहरूलाई प्राप्त हुन्छ । यसरी प्राप्त गरिने वैदेशिक सहायताका आधारमा गरिब देशहरूले […]

प्रतिबद्धता अनुसार आउँदैन वैदेशिक सहायता

काठमाडौं। विदेशी दातृ निकायहरूले प्रतिबद्धता जनाएअनुसार वैदेशिक सहायता नदिने गरेको पाइएको छ। गत आर्थिक वर्ष २०७७/७८मा नेपाललाई तीन खर्ब ६० अर्ब रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर, त्यसको ४५.२ प्रतिशत (एक खर्ब ६३ अर्ब रुपैयाँ) मात्रै वैदेशिक सहायता आएको सरकारले बताएको छ। आज सार्वजनिक भएको स्वेतपत्रकाअनुसार वैदेशिक सहायता नआउने गरेता पनि बजेटको आकार बढाउन त्यसलाई प्रयोग गर्ने गरिएको छ।