काठमाण्डाै – निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाण्डाैमा प्रदर्शन गरिएको छ । प्रभावित क्षेत्र टांगियावासीले आज शनिवार काठमाण्डाैकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गर्दै सर्वोच्चकाे फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन ।
विनाविकल्प निजगढ विमानस्थलको धावनमार्ग टांगिया बस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै ऐक्यबद्धता जनाउन प्रदर्शन सुरु गरेकाे टांगियाका नवराज सञ्जेलले बताउन...