राष्ट्रपतिको पक्षमा एमाले अखिलको प्रदर्शन

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रदर्शन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर ठिक गरेको भन्दै राष्ट्रपतिको पक्षमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।  उनीहरुले ‘राष्ट्रपतिको कदमलाई सम्मान गरौ, नागरिकता बेच्न पाइदैन, विदेशी दलाल होसियार’, जस्ता नारा लगाएका थिए ।

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

१ जेठ, काठमाडौं । नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको भोलिपल्टै एमालेले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा एमाले नेताहरु […]

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन

५ असोज, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो । संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ । तर एमाले निकट अनेरास्ववियुले […]

महँगीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्दैछ ।

एमाले महँगीविरुद्ध आज ‘विशाल’ प्रदर्शन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौँमा प्रदर्शन गर्दैछन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ । दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस […]

प्रहरी प्रशासनको षडयन्त्रविरुद्ध एमाले रौतहटद्वारा प्रदर्शन

गौर । रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ । गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सिडियोको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकोले एमालेले जिल्लाको मध्यभाग गरुडामा मङ्गलबार हजारौँको संख्यामा प्रदर्शन गरेको हो । सिडियो […] The post प्रहरी प्रशासनको षडयन्त्रविरुद्ध एमाले रौतहटद्वारा प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले निकट युवा संघले सत्ता गठबन्धन र सभामुखविरुद्ध विरोध प्रदर्शन गर्दै

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंगलवार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएको छ ।  गठबन्धनले देशविरोधी षड्यन्त्र गरेको र सभामुखको असंवैधानिक कदम भन्दै विरोध प्रदर्शन गर्ने भएको हो ।  विरोध प्रदर्शन दिउँसो २ बजे हुने युवा संघ अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

मन्त्रालय विभाजनको विरोधमा एमाले निकट युवा र विद्यार्थीको प्रदर्शन

विराटनगर : प्रदेश १ को मन्त्रालय विभाजनको विरोधमा नेकपा (एमाले) निकट अनेरास्ववियू र युवा संघका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्। उनीहरूले आइतबार बिहान विराटनगरस्थित प्रदेश प्रमुख कार्यालय नजिकै प्रदर्शन गरेका हुन्।पाँच दलीय गठबन्धनबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रालय विभाजन गरी आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मन्त्रीहरूको सपथका तयारी भइसकेको छ।प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समा

एमाले निकट विद्यार्थीले गरे सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ। अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले बिहीबार साँझ काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन, एमसीसी खारेज गर्न माग गरेका छन्।

धनुषामा महासेठविरुद्ध एमाले कार्यकर्ताको प्रदर्शन

४ मंसिर, जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमाले धनुषामा विवाद देखिएको छ । पार्टीका नेता रघुवीर महासेठले मनोमानी गरेको भन्दै प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’ सहितका नेताले शनिबार जनकपुरधाममा प्रदर्शन गरेका छन् । पार्टीका स्थायी समिति सदस्य समेत रहेका महासेठले महाधिवेसन प्रतिनिधी छनौटमा मनोमानी गरेको भन्दै प्रदेश सांसद साहको नेतृत्वमा प्रदर्शन भएको हो […]

विपक्षी गठबन्धनविरुद्ध राजधानीमा सडक प्रदर्शन

काठमाडौं। विपक्षी गठबन्धनविरुद्ध राजधानीमा सडक प्रदर्शन भएको छ। नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमविरुद्ध सडक प्रदर्शन गरेको हो। महासंघका अध्यक्ष रमेश पौडेलले शान्तिपूर्ण रूपमा निर्वाचनको पक्षमा माहोल बनाउन सडक प्रदर्शन गरिएको बताए। त्रिपुरेश्वरस्थित रंगशालाबाट शुरू भएको र्‍यालीमा सहभागी प्रदर्शनकारीले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका तस्बिरअंकित ब्यानर र प्लेकार्ड बोकेका थिए।