काठमाडौं : नेपालमा शैक्षिक गुणस्तर निरन्तर खस्किँदै गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजका कक्षा कोठा रित्तिन थालेको छ। विद्यार्थी पाउन क्याम्पसहरूलाई मुस्किल परेको छ। त्रिविका अधिकांश विभाग खालीजस्तै बनेका छन्।त्रिविका अनुसार हिन्दी, इतिहास, जल तथा मौसम विज्ञान, भाषा विज्ञान, मनोविज्ञान, ललितकला, संस्कृत र मैथिलीलगायत विभागमा विद्यार्थीको अभाव छ।हिन्दी केन्द्रीय विभागमा दुई सेमेस्टरमा ६ जना विद्यार्थी भर्ना भएका छन्। कुनै वेला वार्षिक ३००&