काठमाडौं : नेकपा एमालेले सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ। गएराति सम्पन्न एमाले सचिवालय बैठकले सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको हो। चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय बैठकले गरेको छ। ‘अहिलेको सरकारले २०७९ साल वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ‚ त्यसको हामी कडा प्रतिवाद गर्छौं। एमालेका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘सबै कमिटी