सरकार र उखु किसानका प्रतिनिधिबीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ । बिहीबार भएको दुई पक्षीय बैठक विना निष्कर्ष टुंगिएको हो । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अगुवाईमा उखु किसानको समस्याबारे अध्ययन गर्न गठन भएको प्रविधि समितिले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर गर्न भनेपछि किसानहरुले आफूहरुले रकम पाउने निश्चित नभएसम्म प्रतिवेदनलाई स्वीकार नगर्ने धारणा बैठकमा राखेका थिए । किसानले ६५ करोडमध्ये १५ करोड रुपैयाँ पाउन बाँकी छ । सो रकम चाँडै नै उद्योगीहरुबाट भुक्तानी गर्न लगाउने प्रतिबद