कांग्रेसको पदाधिकारी बैठक : प्रधानमन्त्री ओलीले बहुमतीय सरकार गठनको दाबी गर्न नहुने निष्कर्ष

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले बहुमतीय सरकार गठनका लागि प्रधानमन्त्री केपी ओलीले दाबी गर्न नहुने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने कसरत भए पनि बहुमत नपुगेपछि कांग्रेस पछि हटेको हो। “प्रधानमन्त्री एकपटक असफल भइसक्नुभएको छ। अब फेरि संविधानको ७६ को उपधारा २ बमोजिम गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष हो,” सहमहामन्त्री प्रकाशशरण महतले भने।

सम्बन्धित सामग्री

कांग्रेसको पदाधिकारी बैठक जारी, विश्वासको मतबारे निर्णय गर्ने

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्ने छ । पदाधिकारी बैठक लगत्तै संसद भवन नयाँबानेश्वरमा संसदीय दलको बैठक बस्ने छ । सो बैठकले विश्वासको मतबारे औपचारिक निर्णय गर्ने छ । आज […]

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको  पदाधिकारी बैठक शनिबार पनि बस्दैछ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची संशोधन गर्न कांग्रेसले बैठक राख्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । बैठकबाट नाम संशोधन गरिने ती नेताले बताए।  संस्थापतइतर समूह असोज ३ गते आयोगमा बुझाइएको बन्दसूची सच्याउनु पर्ने माग राख्दै […]

कांग्रेसको पदाधिकारी बैठक बस्दै

२१ असार, काठमाडौं । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा […]

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । सो बैठकमा पार्टीको १४ औँ महाधिवेशन तथा सरकार बिस्तारबारे छलफल हुने जनाइएको छ । अझै पनि १३ जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान हुन नसक्दा वडा तहको […]

कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं, असार ३१ । कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो । आज बस्ने भनिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो […]

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठक हिजो दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो । पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘‘छानबिन समितिले हालसम्मको प्रगति […]

कांग्रेसको पदाधिकारी बैठक सुरू

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसिरहेकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सरकार गठनको आव्हानबारे आधिकारिक धारण बनाउनेछ। बैठकमा पदाधिकारी,पूर्वपदाधिकारी,संसदीय दलका अधिकारी र केही प्रभावशाली नेताहरुलाई समेत आमन्त्रण गरिएको छ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने तयारी भएको छ। सरकार गठनका सम्बन्धमा पहिला पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन। बैठक ३ वजेपछि बस्ने तयारी रहेको छ। आजको संयुक्त बैठक स्थगित गरेर दलहरु आन्तरिक छलफलमा लागेका हुन्।

कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बैठक स्थगित भएको हो। कांग्रेसको पदाधिकारी बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि राष्ट्रपतिले २७ वैशाखमा संसदको विशेष अधिवेशन आव्हान गरेकी छन्।

कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्ने लागेको हो।...