मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको ताला तीन दिनपछि खुलेको छ । कृषि मन्त्रालयमा बक्यौता रकम भुक्तानीको माग गर्दै कृषक समूहसँग आबद्ध किसानहरुले भुक्तानीको माग राख्दै मन्त्रालयमा तीन दिनदेखि तालाबन्दीसहित धर्ना दिँदै आएका थिए ।मन्त्रालयले अदालतको आदेशानुसार शीत भण्डार निर्माण सम्बन्धमा यस आर्थिक वर्षभित्र नियमानुसार भुक्तानी गर्ने र अन्य शीत भण्डार निर्माणको कार्यलाई नियमानुसार अगाडि बढाउने, आन्दोलनकारीको जायज मागलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विग