लुम्बिनी प्रदेशले दाङकाे राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउने

दाङ - लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थालेको छ । राप्ती गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी लालमटियाको स्तरवृद्धि गरि ५० शय्याको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले पहल थालेको हो । यसका लागि चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याएर काम अगाडि बढाएको हो । प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले लालमटिया स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्दै प्रदेश राजधानीक...

सम्बन्धित सामग्री

हेलिप्याडसहित ५ सय शय्याको अस्पताल बनाइँदै

सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई हाल ३ सय बेडसहितको सुविधा रहेकोमा अब भवनमा ५ सय शय्या पुर्‍याइने भएको हो। साथै हेलिप्याड पनि बनाउने गरी निर्माण सम्झौता गरिएको छ।प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौंबीच अस्पतालको तला थपका लागि बुधबार सम्झौता गरिएको हो। १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपैयाँ लागतमा अस्पतालमा एक तला थपिँदैछ।अस्पतालले बिरामीको चाप ह्वात्तै बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहने गरी तला थप गर्न लागेको अस्पतालका निर्देशक डाक्

क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई मोडुलर ओटीसहितको अत्याधुनिक अस्पताल बनाइने

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै डा मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई देशकै अत्याधुनिक र मोडुलर ओटीसहितको सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन्।

सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकको व्यवस्था गरिने भएको छ । अस्पतालका निर्देशक डा. डम्मर खड्काले अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको जानकारी दिए । तला थप गर्न प्रदेश सरकारले करीब रू. डेढ अर्ब बजेट छुट्ट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको उनले उल्लेख गरे । भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार गरिँदै छ । अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्नेगरी सुविधा विस्तार गर्न लागिएको छ । हालै मात्र अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यहाँ अहिलेसम्म मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपरेमा काठमाडौं नै जानुपर्ने बाध्यता रहेकोमा अब भने यस्तोे जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहज हुने अपेक्षा गरिएको छ । यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ । अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ । अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान गर्न लागेको छ । यस वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बीमा शुरू गरेको छ । त्यसैगरी अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारी सरोकारवालासँग छलफल गराइएको छ । सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेकाले अस्पतालमा बिरामीको चाप बढ्न थालेको निर्देशक डा. खड्काले बताए । रासस

इटहरी अस्पताललाई ट्रमा सेन्टरसहित ५० शैर्‍याको बनाइने

उपमहानगरपालिकाले अब १५ शैर्‍याको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टरसहित ५० शैर्‍याको अस्पताल बनाउने मेयर हेमकर्ण पौडेलले बताए।...

इटहरी अस्पताललाई ट्रमा सेन्टरसहित ५० शैर्‍याको बनाइने

उपमहानगरपालिकाले अब १५ शैर्‍याको अस्पताललाई सुविधा सम्पन्न ट्रमा सेन्टरसहित ५० शैर्‍याको अस्पताल बनाउने मेयर हेमकर्ण पौडेलले बताए।...

प्रशासनिक भवनमा अस्पताल बनाउने कांग्रेसको प्रस्तावमा एमालेको आपत्ति

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यालयका लागि बनाइएको प्रशासनिक भवनलाई नेपाली कांग्रेसले अस्पताल बनाउने एजेण्डा बनाएपछि विवाद बढेको छ । नेपाली कांग्रेसको रुपन्देही सभापति तथा तिलोत्तमाको मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले नगरपालिकाले बनाएको सुविधा सम्पन्न प्रशासनिक भवन अस्पताल बनाउने घोषणा गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले प्रकाशन गरेको प्रतिबद्धता […]

विराटनगरको मेयरमा कांग्रेसका नागेश र जसपाका अमरेन्द्रको उम्मेदवारी दर्ता

विराटनगर : विराटनगर महानगरपालिकामा गठबन्धनबाट नेपाली काङ्ग्रेसका नागेश कोइरालाले मेयर पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै, उपमेयरमा जसपाका अमरेन्द्र यादवले आफ्नो नामाङ्कन पत्र दर्ता गराए। उम्मेदवारी लगत्तै कोइराालाले विराटनगरलाई अत्याधुनिक र सुविधा सम्पन्न शहर बनाउने बताए। त्यस्तै, यादवले १२ वटा आँखा अस्पताल र ३ वटा ठूला अस्पताल भएको विराटनगरलाई मेडिकल हब…

स्वास्थ्य बीमामा आयुर्वेद अस्पताल पनि आवद्ध, नरदेवी अस्पताल बन्यो पहिलो

बिमीतले हाल नरदेवी अस्पतालमा औषधिको मात्र सुविधा पाउँछन्। बीमा अन्तर्गत दिइने सेवाहरुको सूची बनाउने र सोही अनुसार सेवाको व्यवस्थापन गर्ने तयारी भएको उनले बताए।

भालुबाङमा ५० शययाको अस्पताल बन्ने

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिका–१ भालुबाङमा सुविधा सम्पन्न अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ। स्वास्थ्य चौकी लालमटियालाई स्तरवृद्धि गरी लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पताल बनाउने भएको हो। स्तरोन्नति गरिएको स्वास्थ्य चौकीलाई प्रस्तावित भालुबाङ अस्पताल बनाइएको हो। जसको सेवा सुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य जनस्वास्थ्य तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारुले प्रस्तावित […]