प्रशासनिक भवनमा अस्पताल बनाउने कांग्रेसको प्रस्तावमा एमालेको आपत्ति

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यालयका लागि बनाइएको प्रशासनिक भवनलाई नेपाली कांग्रेसले अस्पताल बनाउने एजेण्डा बनाएपछि विवाद बढेको छ । नेपाली कांग्रेसको रुपन्देही सभापति तथा तिलोत्तमाको मेयर पदका उम्मेदवार रामकृष्ण खाँणले नगरपालिकाले बनाएको सुविधा सम्पन्न प्रशासनिक भवन अस्पताल बनाउने घोषणा गरेपछि नेकपा एमालेले आपत्ति जनाएको छ । नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले प्रकाशन गरेको प्रतिबद्धता […]