कांग्रेसले देशले पुनः लकडाउनको अवस्था धान्न नसक्ने भन्दै आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । कोरोना भाइरसको संक्रमण भयावह हुन नदिनका लागि आवश्यक सबै तयारी गर्न कांग्रेसले ध्यानाकर्षण गराएको...
अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका छन्। बुधबार अर्थमन्त्रालयमा निजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका हुन्। उनले मन्त्रिपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका […]
काठमाडौं । तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणबारे छलफल गर्नुभएको हो । छलफलमा नेपालमा कोरोना संक्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको संक्रमण कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका छन् । चिकित्सकहरूले ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका छन् ।
सहभागी विशेषज्ञ चिकित्सकले कोरोना संक्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौं उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
पछिल्ला केही दिनयता संक्रमितको उपचारमा संलग्न चिकित्सकसमेत संक्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण, वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ ।
केही अस्पतालका चिकित्सक, नर्समा संक्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबूत बनाउने भन्नेबारे चिकित्सकहरूले सुझाव दिएको पाटन अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले जानकारी दिए ।
सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने विज्ञहरूको सुझाव थियो । अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो । चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए ।
‘छलफलमा सहभागी चिकित्सकहरूले अहिले नै लकडाउन गर्नुपर्छ भनेर सिफारिस गर्नुभएको छैन, लकडाउन त्यो अवस्थामा गर्नुपर्छ, जतिबेला हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन, अस्पतालमा अक्सिजन र बेड पुग्दैन,’ छलफलमा उठेका विषयबारे प्रकाश पार्दै प्राडा कोइरालाले भने, ‘स्वास्थ्य मन्त्रालयका सचिवले अहिले नै अस्पताल नभरिएको र यसअघिका तुलनामा अहिले अस्पतालमा व्यवस्थापन पनि राम्रोसँग भइरहेको जानकारी गराउनुभयो ।’
चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापी रूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । रासस
पुस २६, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन हुन नहुने बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले अब फेरि लकडाउन भयो भने मुलुकको अर्थतन्त्रले थेग्न नसक्ने बताए । उनले भने, ‘त्यसैले अब फेरि लकडाउन गर्न हुँदैन ।’
कोभिड - १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनले बताए ।
अर्थमन्त्री शर्माले माघ महीनभित्रमा तरलता समस्या समाधान हुने पनि दावी गरेका छन् । उनले भने, ‘तरलतामा देखिएको संकट समाधानका लागि प्रक्रिया अगाडि बढाइएको छ ।’
उनले अहिले बाहिर प्रचारमा आएजस्तै गरी अर्थतन्त्र संकटमा नपरेकोसमेत दावी गरे । उनले सूचकहरमा केही दबाव परेको भए पनि त्यस्तो ठूलो संकट नआएको बताए ।
बैंक तथा वित्तीय संस्थाहरूले गरेको माग बमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकहरूले पनि संकटका बेला बढी नाफामुखी हुन नहुने बताए ।
‘संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन’, उनले भने, ‘संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुपर्यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।’
उनले मुलुकको गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए । ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उनले भने, ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नको लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’
मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्दै उनले ती मुलुकमा शाखा खोल्न आग्रह गरे ।
उनले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गरे । उनले ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्दै उनले त्यसो नगर्न आग्रह गरे ।
कोरोना संक्रमण बढ्न थालेपछि कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएससीसी) ले सरकारलाई देशभरका विद्यालय बन्द गर्न सिफारिस दिएको भोलिपल्टै अर्थमन्त्री शर्माले मुलुकमा फेरि लकडाउन हुन नहुने धारणा राखेका हुन्।
त्यसो त सीसीएमसीको आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णयलाई कार्यान्वयनमा लैजाने शिक्षा मन्त्रालयले निर्णय गरिसकेको छ ।
कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले स्मार्ट लकडाउनको अवधारणा ल्याएको छ । त्यसै अनुसार देशैभर एकै किसिमको लकडाउन नभएर ठाउँ र परिवेश अनुसार फरक-फरक प्रकृतिको लकडाउन हुन सक्छ । हामीले फरक-फरक प्रकृतिको लकडाउन भएको अवस्थामा विद्यालयको गतिविधि कसरी सञ्चालन गर्ने भन्ने विषयमा एउटा कार्ययोजना बनाएका छौँ । यसलाई गृह मन्त्रालयमार्फत सबै जिल्लामा पठाइसकेका छौं ।
योजनाअनुसार एकदमै कडा लकडाउन भएमा भौतिक उपस्थितिमा विद्यालयमा पठनपाठन हुन सक्दैन । तर खुकुलो किसिमको र कम असर भएका ठाउँहरुमा भौतिक उपस्थितिमै विद्यालय स...
कोरोना भाइरसका कारण पूरै दुनियाँमा लकडाउन लागू गरिएको थियो । केही देशमा अझै लकडाउन जारी नै छ ।
मानिस कुनै पनि बन्धनमा लामो समय बस्न सक्दैन । तर, यति लामो समय घरभित्रै बस्दा रोजगारी गुमाउनु मात्रै होइन, लकडाउनबाट मानिसहरु आक्रामक पनि बनेका छन् ।
कैयौं क्षेत्रमा त लकडाउनबाट मानिसहरु कतिसम्म दिक्क भएका छन् भन्ने उनीहरुको क्रियाकलापबाटै स्पष्ट हुन्छ । रुपमा यस्तै आश्चर्यचकित पार्ने घटना देखिएको छ ।
सामाजिक दूरीको नियमबाट दिक्क भएका मानिसहरुले यसको विरोध जनाउन रेलमै सामूहिक चुम्बन गरेका छन् ।
...
कोरोना संकट न्यूनीकरणका लागि सरकारले गरेको लकडाउन पूर्ण खुला नहुँदै मुलुकको अर्थतन्त्र भने लयमा फर्किन थालेको छ । बजारमुखी अर्थतन्त्रमा सरकारले चाहँदैमा आर्थिक गतिविधि ठप्प बनाउन सक्दैन भन्ने यसले पुष्टि गरिरहेको छ । सरकारले लकडाउनलाई अझै जारी राख्दै सार्वजनिक सवारीसाधन बन्द तथा निजीमा समेत जोर–बिजोर र सवारीसाधनमा यात्रु संख्यासमेत तोकेको छ । यस्तै, राजधानी छिर्ने र एक जिल्लाबाट अर्को जिल्लामा जाने यात्रुलाई पनि अझै रोक लगाइएको छ । तर, ढुंगाको चेपबाटै बाट पिपल उम्रिन्छ भनेजस्तै सरकारको अनुदार नीतिका बाबजुद अर्थतन्त्र आफैं लयमा फर्किंदैछ ।
८ वैशाख, काठमाडौं । जन्म र मृत्यु समस्त प्राणी जगतको नियमित प्रक्रिया हो । सरकारले लकडाउन घोषणा गरेको छ भन्दैमा गर्भमा रहेको शिशुले प्रकृतिको नियम उल्लङ्घन गर्न सक्दैन । सुरक्षित जन्मन पाउनु शिशुको नैसर्गिक अधिकार …
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट हुन सक्ने सम्भावित क्षति कमी गर्न सरकारले लकडाउन गरेर नागरिकलाई घरभित्रै बस्न आग्रह गर्दै आइरहेको छ । कोरोना संक्रमणसँग जुध्न सरकारले सबै प्रकारका रणनीतिहरू अवलम्बन गरिरहेको छ । यस्तो अवस्थामा मुलुकका सबै निकायले सरकारलाई सक्दो सहयोग पु¥याउनुपर्छ । ठूला खालका संकट र महाविपत्तिको सामना गर्न सरकार एक्लैले सक्दैन …