कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले स्मार्ट लकडाउनको अवधारणा ल्याएको छ । त्यसै अनुसार देशैभर एकै किसिमको लकडाउन नभएर ठाउँ र परिवेश अनुसार फरक-फरक प्रकृतिको लकडाउन हुन सक्छ । हामीले फरक-फरक प्रकृतिको लकडाउन भएको अवस्थामा विद्यालयको गतिविधि कसरी सञ्चालन गर्ने भन्ने विषयमा एउटा कार्ययोजना बनाएका छौँ । यसलाई गृह मन्त्रालयमार्फत सबै जिल्लामा पठाइसकेका छौं ।
योजनाअनुसार एकदमै कडा लकडाउन भएमा भौतिक उपस्थितिमा विद्यालयमा पठनपाठन हुन सक्दैन । तर खुकुलो किसिमको र कम असर भएका ठाउँहरुमा भौतिक उपस्थितिमै विद्यालय स...