संसद सचिवालयको लापरवाही, टेन्डरविनै डेढ करोड खर्च

काठमाडौं : संघीय संसद् सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिविना आफूखुसी खर्च गरेको छ। राष्ट्रियसभा सचिवालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने भन्दै प्रक्रिया नपुर्‍याई सचिवालयले दुई करोड रुपैयाँ खर्च गर्ने गरी काम थालेको छ। पाँच लाखभन्दा बढी खर्च हुने योजनामा सार्वजनिक खरिद प्रक्रियाअनुसार टेन्डर जारी गरी कम बोलकबोल गर्ने ठे...

सम्बन्धित सामग्री

मामाघर आश्रमको महायज्ञ  : आम्दानी ७६ लाख, खर्च डेढ करोड

काठमाडौँ : ललितपुरको गोदावरीमा अनाथ बालबालिकाको आश्रयस्थल 'मामाघर अनाथ आश्रम'को भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा ७६ लाख आम्दानी हुँदा खर्च भने डेढ करोड पुगेको छ।यसरी हिसाब गर्दा आर्थिक संकलनका लागि भनेर गरिएको गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत विराट ज्ञान महायज्ञ ७४ लाख घाटा खान पुगेको छ। गत भदौ २० देखि ३० गतेसम्म गोदावरी नगरपालिका-१४ बाडेगाउँमा सञ्चालन भएको सो महायज्ञमा ७६ लाख ५५ हजार २३१ रुपैयाँ आम्दानी भएको आयोजक मामाघर अनाथालय सपोर्ट ए

सञ्चालनमा नआउँदै भत्कियो डेढ करोड खर्चेर बनाइएको कोल्डस्टोर

११ साउन, दाङ । दाङमा करिब डेढ करोड खर्च गरेर बनाइएको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्किएको छ । कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलहरु लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी बंगलाचुली गाउँपालिका-५ मुर्कुटीमा निर्माण गरिएको कोल्ट स्टोर प्रयोगमा नआउँदै भत्किएको हो । बंगलाचुली गाउँपालिका र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको अनुदानमा लोहारपानी कृषि सहकारी […]

सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो

बागमती प्रदेश सरकारले डेढ करोड रुपैयाँ खर्च गरी तयार गरेको भीमफेदी–कुलेखानी सुरुङ मार्गको डीपीआर थन्क्याएर नयाँ सुरुङ मार्गको डीपीआर गर्न बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले विगत ३ आर्थिक वर्ष लगाएर डेढ करोड रुपैयाँ खर्च गर्दै भीमफेदी–कुलेखानी सुरुङ मार्गको डीपीआर तयार गरेको थियो ।बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले अघि सारेको सो सुरुङ मार्गको योजना वर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले रोक्ने निर्णय गरेको थियो । पाण्डे नेतृ

सीप विकासका नाउँमा जितपुरसिमराको करोड कुम्ल्याउने दाउ

लक्ष्मी खरेलबारा : जीतपुरसिमरा उपमहानगर पालिकाले सिपविकास तालिमको नाममा अनियमितता गरेको खुलासा भएको छ। आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट डेढ करोड रुपैयाँ खर्च हुने गरी ३० वटा तालिम सञ्‍चालन गराउन लगाएको उपमहानगरले महिलालाई सिप सिकाएर रोजगार बनाउनुको साटो संस्थासँग मिलेमतो गरी रकम कुम्ल्याउने दाउ रचेको रहस्य खुलेको हो।आफूनिकट रहेका संस्थासँग मिलेमतो गरी उपमहानगरले डेढ करोड रुपैयाँ सक्न फरक फरक प्रकृतिका ३० वटा तालिमका लागि ९ वटा संस्थालाई छनोट गरेको छ।एकाएक बाहिरियो रहस्यएउटा तालिमबापत पा

थपलियाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

काठमाडौं (अस) । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धव थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोड बढी सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको भन्दै मुद्दा दायर गरेको छ । आयोगले हाल अवकाशप्राप्त थपलियाले ३५ वर्षे सेवा अवधिमा उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत ३० सम्ममा सृजित सम्पत्ति एवं खर्च तथा लगानीहरूमा गरिएको कुल खर्च र सोही अवधिको आयव्यय प्रवाहको विवरणअनुसार जाँच अवधिमा १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँको स्रोत खुलेको छ । यहीअनुसार उनले सृजना गरेका सम्पत्ति एवं खर्च तथा लगानी २ करोड ६७ लाख ७१ हजार ९ सय ५८ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ । यसमध्ये १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँको आर्जन स्रोत पुष्टि नभएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । उनीविरुद्ध सोही स्रोत नखुलेको सम्पत्ति बिगो भराउन माग गरिएको आयोगले जनाएको छ । आयोगले उनको नाममा भएका घरजग्गा तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ ग, दफा २९ को उपदफा १ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियारसम्बन्धी ऐन २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने मागदाबी गरिएको छ । यसबाहेक उनकी श्रीमती मुना पन्त थपलियासमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न मागदाबी गरिएको आयोगले जनाएको छ ।

एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढ्यो

सौराह । नेकपा एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ। थप दुई दिन महाधिवेशनको अवधि लम्बिदा खर्च पनि बढ्न गएको हो।

एमालेको महाधिवेशन २ दिन लम्बिँदा डेढ करोड खर्च बढ्यो

नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो । १२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म लाग्न पुगेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको बताए । य

पर्साका ७ पालिकाले इन्धनको नाममा एक वर्षमै सके डेढ करोड रुपैयाँ

वीरगञ्ज – पर्सा जिल्लामा रहेका १४ पालिकामध्ये ७ वटा पालिकाले मनोमानी रूपमा इन्धनमा पैसा खर्च गरेका छन्। जिल्लाका विभिन्न सात वटा पालिकाले एक वर्षमै डेढ करोडभन्दा बढीको इन्धन खर्च गरेका छन्। सात वटा पालिकाले ०७६।७७ मा इन्धनमा मात्रै एक करोड ८० लाख ६ सय ७८ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदन […]

गृहमन्त्री र सचिवले गरे डेढ करोड सुराकी खर्च

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल तथा गृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेले सुराकीका नाममा एक करोड ४८ लाख ५८  रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । मन्त्री थापाले  ७२ लाख तथा...