काठमाडौँ। जापानका प्रधानमन्त्री फुमियो काशिदाले सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। बुधबार प्रधानमन्त्रीले सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीप्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। उनले एकैपटक १३ मन्त्री फेरेका छन्। पुनर्गठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन्। जसमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका हुन्। […]