हेटौंडा : देश संघीयतामा गएपछि नेपालको पहिलो प्रदेश बनेको बागमती प्रदेशमा ४५ महिनाको अवधिमा २९ जना मन्त्री बनेका छन्।बागमती प्रदेश सरकार गठन भएको सुरुवातदेखी हालसम्म प्रदेशमा २९ जना मन्त्रि फेरिएका हुन्। देश संघीयतामा गएपछि ३ तहको सरकारबाट नागरिकहरुले सहज रुपमा सेवा सुविधा पाउने र देश विकासले द्रुत गति लिने विश्वास लिए पनि प्रदेश सरकार मन्त्रि परिवर्तमा मात्रै अल्झिएको देखिन्छ।करिब ४ वर्षको अवधिमा नै २९ मन्त्रि फेरिनुले संघमा सधै देखिदै आएको राजनीतिक अस्थिरताको छाप प्रदेश सरकारमा पनि स्पष्ट