बैतडी : अविरल वर्षापछि पहिराका कारण अवरुद्ध भएका जयपृथ्वी र दशरथचन्द राजमार्ग सुचारु भएका छन्। आइतबार दिउँसो १ बजे जयपृथ्वी अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ विजयपुर नजिकै ठुलो ढुंगा र गएराति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला रुख ढलेर अवरुद्ध बनेको थियो।विजयपुरमा खसेको ढुंगालाई बझाङ्गबाट मगाइएको मेसिनले फुटाएपछि र गुरुखोलामा ढलेका रुखहरु जेसिबीको सहयताले पन्छाएपछि दुबै राजमार्ग सञ्चालनमा आएका बैतडीका निमित्त प्रहरी प्रमुख,योगेश खत्रीले जानकारी दिए।