बैतडी : पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।अवरुद्ध बनेको राजमार्ग ७ घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।राजमार्ग अन्तरगत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो।पूर्णरूपमा सडक सञ्चालनमा आउन अझै