काठमाण्डाै - अफगानिस्तानमा अलपत्र नेपालीहरुले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । दूतावास र ठूला कम्पनीमा काम गर्नेहरुलाई सम्बन्धित देश र कम्पनीले उद्धार गरिरहे पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपालीको भने उद्धार हुन सकेको छैन ।
उद्धारका लागि सरकारले भनेअनुसार विवरण टिपाए पनि आफूहरु अझै अलपत्र परेको उनीहरुको गुनासो छ । आफूहरु छिटै नेपाल फर्कन चाहेको सुर्खेतका पदम रोकाले बताउनुभयो । उद्धारको पर्खाइमा रहेका नेपालीहरु होटलहरुमा कैदी जस्तै भएर बस्नुपरेको उहाँको भनाइ छ ।
अफगानिस्तानबा...