पर्वत : अब त वर्षा रोकियो होला भन्ने लागेको थियो। ७/८ दिनसम्म लगातार भएको वर्षा रोकिएको थियो। दिनभर घाम लागेको बेलामा रातिमा पहिरो आएर ११ जनाको ज्यान लेला भन्ने कल्पना गर्ने त कुरै थिएन।एकाएक मौसममा परिवर्तन आयो। पानी एकोहोरिएर खसिरह्यो। गत भदौ १७ गते राति करिब पौने १० बजे विद्युत र इन्टरनेट अवरुद्ध भयो। बादलले बोकेको सबै पानी पर्वतमा नै पोखे झैँ गरी मध्यरातमा डर लाग्दो वर्षा भयो। रातिको १२ बजेको थियो। बजारका घरका छतमा टर्च लाइट बलेका देखिन्थे। घरका छतमा पानीको उच्च चापका का