सडक विस्तारका लागि इटहरीमा थप घर भत्काइयो

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार गर्न इटहरी बजार क्षेत्रका थप केही घर आज भत्काइएको छ।...

सम्बन्धित सामग्री

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो

तनहुँ – मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा आजदेखि घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको जिल्ला उद्योग वाणिज्य […]

सडक विस्तार गर्न बजारका घर भत्काउन आग्रह

मुग्लिन-पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।

सडक विस्तार गर्न बजारका घर भत्काउन आग्रह

मुग्लिन-पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ ।

काठमाडौंमा सडक विस्तार : हिउँदमा ठेक्का थप्न दौडधुप, बर्खामा पानीले अवरोध!

काठमाडौं :  उपत्यकाका सडक साँघुरो भएको महशुस गर्दै  सरकारले उपत्यकाका सडक विस्तार गर्ने योजना अघि बढायो। ०७२ मा उपत्यकाभित्र २२ मिटर चौडाइसम्म सडक विस्तार गर्न ‘काठमाडौं उपत्यका सडक विस्तार आयोजना’ गठन गर्‍यो।लगत्तै मापदण्डभित्र पर्ने सडक विस्तारको लागत संकलन गरियो। सडक विस्तार ऐन ०३३ ले दिएको मापदण्ड अनुसार आयोजना नक्सा निर्माणमा जुट्यो। नक्सासँगै मापदण्ड पनि बनाइयो। तर,आयोजना फिल्ड नगई कोठा भित्रैबाट काम गर्‍यो।सडक विस्तारका लागि डोजरले घर भत्काउन थालेसँगै&nb

मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा निर्माणस्थल खाली गरिँदै

दमौली । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा निर्माणस्थल खाली गर्ने काम भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँ–बायाँ रहेका रूख हटाउने काम तीव्र पारिएको हो । मुग्लिङ–पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रूख हटाउन थालिएको मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करीब ५० प्रतिशत रूख काटिसकिएको छ,’ उनले भने, ‘रूख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडि बढाउँछौं ।’ उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडि बढाइरहेको छ । जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार १६३ रूख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० रूख कटान गरिएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम शुरू गर्न केही ढिलाइ भएको थियो । रूख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन शुरू गरिने बताइएको छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार ७५० रूख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडि बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डका लागि रू. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको छ । मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डका लागि रू. ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने आयोजनाले जानकारी दिएको छ । रासस

मुग्लिङ–पोखरा सडक विस्तार : तनहुँ खण्डमा धमाधम रूख कटान हुँदै

दमौली । मुग्लिङ–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रूख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँ–बायाँ रहेका रूख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ–पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रूख हटाउन थालिएको मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करीब ५० प्रतिशत रूख काटिसकिएको छ,’ उनले भने, ‘रूख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडि बढाउँछौं ।’ उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडि बढाइरहेको छ । जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार १६३ रूख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० रूख कटान गरिएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम शुरू गर्न केही ढिलाइ भएको थियो । रूख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन शुरू गरिने बताइएको छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार ७५० रूख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए । सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडि बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डका लागि रू. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको छ । मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यस खण्डका लागि रू. ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । रासस

मुग्लिङ पोखरा सडक विस्तार : तनहुँ खण्डमा धमाधम रुख कटान हुँदै

माघ १४, दमौली । मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो ।  मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘पूर्वी खण्ड अन्तर्गत जामुनेदेखि आँबुखैरेनीसम्म करीब ५० प्रतिशत रुख काटिसकिएको छ,’ उनले भने, ‘रुख कटान सकिएलगत्तै बाँकी कामलाई पनि अगाडी बढाउँछौ ।’ उनका अनुसार आयोजनाले बाटो चौडा गर्ने कामलाई पनि अगाडी बढाइरहेको छ ।  जामुनेदेखि पोखरासम्मको खण्डमा तीन हजार १६३ रुख कटान गर्नु पर्नेमा हालसम्म एक हजार ८०० रुख कटान गरिएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम शुरु गर्न केही ढिलाइ भएको थियो । रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन शुरु गरिने बताइएको छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रुख हटाउनुपर्ने हुन्छ । सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।  सो सडक विस्तार योजनालाई दुई खण्डमा विभाजन गरेर अगाडी बढाइएको छ । जामुनेदेखि आँबुखैरेनीसम्म र जामुनेदेखि पोखरासम्म खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ ।  विसं २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।  आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको छ ।  मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डका लागि रू. सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।  सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने आयोजनाले जानकारी दिएको छ ।  ३१ पुलमध्ये दमौलीस्थित मादी नदी र पोखरास्थिती सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको छ । अन्य २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्का अन्तर्गत नै निर्माण हुनेछ । रासस

इमाडोल–लामाटार सडक विस्तार सम्पन्न हुँदै

काठमाडौं । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडकको काम अन्तिममा पुगेको छ । झण्डै पाँच वर्ष पहिले थालिएको सो सडक विस्तारको काम ९५ प्रतिशत सकिएको छ ।      सडकमा अहिले अन्तिम काम मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । डिभिजन सडक कार्यालय ललितपुरले गोदावरी पुल नजिकै निर्माण गर्नुपर्ने भए पनि नगरेकाले अहिले आयोजनाले नै गरिरहेको छ । पहिले घर भत्काउन बाँकी भएकाले निर्माण अघि बढ्न सकेको थिएन भने अहिले सो स्थानमा घर भत्किसकेको छ । विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । दुई वर्ष पहिले सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको हो ।      तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले बताएको छ । सडकको चौडाइ कम भएकै कारण पैदल यात्रुमार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको छ । उपलब्ध चौडाइमा निर्माण गर्दा बजार क्षेत्रमा चौडाइ अति कम छ ।      आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे–समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी तथा लामा र समानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो ।      आयोजनाले उपत्यकाका दश सडकमा विस्तारको काम गरिरहेकामा अहिलेसम्म दुई सडक मात्रै सम्पन्न भएका छन् । पहिलो वर्ष जग्गा प्राप्त हुन नसक्दा सडक निर्माण शुरू हुनै सकेको थिएन । उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् । आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधीन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ । रासस