काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विभिन्न १६ वटा अस्पताललाई सरकारले ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । बिरामीको चाप बढी हुने ती अस्पतालहरुमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १०/१० हजारका दरले सिटामोल वितरण गरिएको छ । यस्तै राष्ट्रिय ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६/६ हजार तथा निजामती अस्पताल नयाँबानेश्वर, नेप...