काठमाण्डाै - सरकारले सात वटै प्रदेशमा सिटामोल वितरण गरेको जनाएको छ ।सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।केन्द्रीय मेडिकल स्टोर बाराबाट प्रदेश एकको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८...