काबुलमाथि तालिबानको नियन्त्रण पछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स पुगेका छन् । संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले एक बयान जारी गर्दै आफूहरुले मानवीय आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरेको बताएको छ । अशरफ गनी आइतबार काबुलमाथि तालिबान लडाकूको नियन्त्रणका बेला अफगानिस्तानबाट भागेका थिए । अमेरिकाले यो कदमका लागि उनको कडा आलोचना गरेको थियो र अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने बताएक