प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ ।
प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उहाँ हिजो माल्दिभ्स पुग्नुभएको थियो । राजापाक्षेसँगै उहाँकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।
राजापाक्षे देशबाट भागेपछि राजनीतिक सङ्कट थप गहिरिएको छ । तत्काल सङ्कट टर्ने सङ्केत देखिएको छैन । श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । श्रीलङ्काको सेना र पुलिस प्रशासनले संसद्का सभामुखलाई सर्वदलीय बैठक बोलाउन र ...