सुर्खेत : कोरोना महामारी नियन्त्रण तथा विपद् न्यूनीकरणमा जुट्न कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारी (सिडियो) हरूलाई प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले निर्देशन दिएकी छन्।बुधबार दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सँगको भर्चुअल बैठकलाई सम्बोधन गदैँ मन्त्री नेपालीले यस्तो निर्देशन दिएकी हुन्। ‘प्राकृतिक विपद्बाट कर्णालीमा बर्सेनि लाखौँ धनजनको क्षति हुँदै आएको छ’ मन्त्री नेपालीले भनिन्, ‘अब विपद् न्यूनीकरणका लागि जिल्लादेख